News 24 Television
पूर्वराजा झन् खतरामा ! भित्रभित्रै चल्दैछ यस्तो गोटी !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको भन्दै प्रधानमन्त्री केपी ओलीले आक्रोश पोखेका छन् । सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई खुला राजनीतिक प्रतिस्पर्धामा स्वागत गर्न सकिने तर, राजा मान्न नसकिने भन्दै धेरै सलबलाएकोप्रति आक्रोश पोखेका हुन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहको श्रीपेचमोहप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश पोखेका  छन् । आइतबार सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो आक्रोश पोखेका हुन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अघिल्लो दिन दिएको वक्तव्यले आफू छक्क परेको समेत उनले बताए । पूर्वराजालाई सक्रिय राजनीतिमा स्वागत गर्न तयार रहेको भनेका ओलीले राजाले अहिले देश बर्बाद भयो, साथ देउ सम्हाल्छु भनेको विषयमा भने आक्रोश प्रकट गरे । 

यता, राष्ट्रियसभामा समेत पूर्वराजाको सक्रियताप्रति गम्भीर प्रश्न उठाइएको छ । माओवादी केन्द्रसहित अन्य दलले राष्ट्रियसभामा ज्ञानेन्द्र शाहको कदममा अनेक प्रश्न गरेका हुन् । 

पछिल्ला दिनहरुमा गणतन्त्रवादी दल र नेताहरुले पुर्वराजाको सक्रियतामाथि अनेक प्रहार गरिरहेका छन् । यस परिवेशकै बीच गृहमन्त्री रमेश लेखकले पनि पूर्वराजालाई धेरै नहौसिन चेतावनी दिएका छन् । 

राजावादी दल राप्रपा र अन्य समूहले पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरेको स्वागत र सडकमा देखिएको प्रदर्शनका कारण राजनीतिक दलहरुले गम्भीरतापूर्वक यो विषयलाई लिएको देखिन्छ । उनीहरुले आरोप–प्रत्यारोप उत्तिकै चलाएपनि यो विषयमा आन्तरिक छलफल र बहस भने थालेको बताइन्छ ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update