News 24 Television
मेचीनगर गोल्डकपमा घमासान हुने ! यस्ता–यस्ता तयारी !

झापा । झापाको मेचीनगरमा फागुन २४ देखि सञ्चालन हुन लागेको पाँचौं मेचीनगर गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको छ । 

चौथो संस्करणसम्म सफलतापुर्वक सम्पन्न गरेको गोल्डकप कोरोना भाइरसको संक्रमणकालीन अवस्थादेखि रोकिएको थियो । विगत ६ बर्षदेखि सञ्चालन हुन नसकिरहेको गोल्डकपको पाँचौं संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता पुनः नेपाल, भारत र उज्बेकिस्तानको फुटबल क्लबसहित शनिबारदेखि सञ्चालन हुने भएको हो ।  

फागुन २४ देखि सञ्चालन हुन लागेको पाँचौं मेचीनगर गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको छ । झापाको मेचीनगरमा अवस्थित काँकरभिट्टा खेल मैदानमा पाँचौं मेचीनगर गोल्डकप हुदैछ ।  खेलको मेचीनगर नगरपालिकाको संरक्षकत्व तथा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा गोल्डकप  सञ्चालन हुँदैछ । 

प्रवद्र्धन र खेलाडी उत्पादन तथा प्रशिक्षण दिने उदेश्यका साथ गोल्डकप हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, धरान फुटबल क्लब, एनएसएल टिम झापा एफसी, ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, विभागिय टिम सशस्त्रप्रहरीको एपिएफएफसी, भारतको जर्जियन एफसी र उज्बेकिस्तानको ब्ल्याक बुल्स गरि ८ टिमले सहभागि जनाउने छन् । 

प्रतियोगिताको उद्घाटन खेल शनिबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच हुने भएको छ । गोल्डकपको अघिल्लो संस्करण भन्दा अझ भव्य, र व्यवस्थित बनाउन आयोजक समितिल ागि परिरहेको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओली बताउँछन् । 

आयोजकले यो संस्करणलाई उत्कृष्ट बनाउन तयारीलाई तिब्रता दिइरहेको छ । अहिले काँकरभिट्टा खेल मैदानमा खेल हेर्नका लागि करिब ८हजार दर्शक बस्न सक्ने गरी बाँसको अस्थायी प्यारापिट निर्माण कार्य सम्पन्न गरिसकेको छ । 

गोल्डकप मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले मोफसलमा सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापाको सिमावर्ती क्षेत्रलाई खेलकुदमय बनाउँन गोल्डकप आयोजना गर्न लागिएको बताए ।

झापाको खेलकुद क्षेत्रमा एउटा इतिहास बोकेको मेचीनगरमा अन्तराष्ट्रिय टिमसहितको उच्चस्तरिय गोल्डकप आयोजनाहुनु झापाबासीको लागि सुखद् रहेको मेचीनगर खेलकुद विकास समितिकाउ पाध्यक्ष रविन ओझा बताउँछन् । 

प्रतियोगिता सम्पन्न गर्न नगर खेलकुद विकास समितिको तर्फबाट  २५ लाख विनियोजन गरिएको छ ।   गोल्डकप सम्पन्न गर्न ८०लाख रुपैया ँखर्च लाग्ने अनुमान गरिएको छ ।चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँचलाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।  

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउनेछ ।उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउनेछन् । 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update