News 24 Television
अन्तर्राष्ट्रिय उडानको तयारी, पर्यटन व्यवसायी उत्साहित

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुइवर्ष भन्दा बढी समय नाघेपछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ । हिमालय र सिचुवान गरी दुई वटा एयरलायन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरुवात गर्ने भएका छन् । अहिलेसम्म पोखरा विमानस्थल आन्तरिक उडानमा मात्र सीमित रहेकोमा अब अन्तर्राष्ट्रिय उडानको तयारी भएसँगै पर्यटन व्यवसायी उत्साहित बनेका छन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुइवर्ष भन्दा बढी समय नाघेपछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ । दुई वटा एयरलायन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरुवात गर्ने भएका छन् । 

अहिलेसम्म पोखरा विमानस्थल आन्तरिक उडानमा मात्र सीमित रहेकोमा अब अन्तर्राष्ट्रिय उडानको तयारी भएको हो । हिमालय एयरलाइन्सले पोखरादेखि पहिलो व्यावसायिक उडान गर्न थालेको कम्पनिले जनाएको छ । 

यसैगरि चीनको सिचुआन एयरलाइन्सले पोखरा देखि चीनको छेन्दुसम्मका लागि व्यवासायिक उडानको योजना अगाडि बढाएको छ । सिचुवानले छेन्दु–पोखरा–छेन्दु चार्टर उडानबाट शुरु गरेर व्यवसायीक बनाउने तयारीमा छ । सिचुवानले पोखरा–छेन्दु चैत ५ गते र १२ गते उडान गर्ने तयारीमा छ ।

हिमालयले आगामि चैत १८ गतेदेखि पोखराबाट चीनको ल्हासा उडान गर्ने तयारी गरेको छ । नेपालको पर्यटकीय राजधानी पोखरा र विश्वप्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच हवाई सम्पर्क सञ्जाल विस्तार गर्न लागिएको छ । कम्पनिले सातामा एकपटक उडान गर्नेछ । कम्पनीका अनुसार काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सेक्टरमा जोड्नेगरि उडान तयारी थालेको जनाएको छ । अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक बाहेक करिब एक दर्जन चार्टर उडान मात्र भएका छन् । 

चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान संचालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा ल्याउने लक्ष्य हिमालयनले जनाएको छ । पोखरालाई चीनसँग जोड्ने यो उडानले नेपाल र चीनबीचको सम्बन्धलाई अझ बलियो बनाउने, पर्यटन र व्यापारलाई प्रर्वद्धन गर्ने व्यवसायीको भनाई छ ।

नेपालमा पर्यटन बोर्डका अनुसार यो फेब्रुअरीमा ८ हजार २ सय ८३ जना मात्र चिनियाँ पाहुना आएका छन् । सन् २०२३ मा करिब ६१ हजार चिनियाँ नेपाल भित्रिएका थिए । नेपालमा सन् २०२४ मा १ लाख १ हजार ८ सय ७९ जना चिनियाँ पाहुना आएका थिए भने अब थप उडान हुदाँ नेपाल आउने चिनिया पर्यटक बढ्ने भएकाले पर्यटन व्यवसायी उत्साहित छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update