News 24 Television
लुम्बिनीलाई विश्वशान्तिको सन्देश दिने थलोका रुपमा विकास गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

रूपन्देही । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्वभर अस्थिरताको संकेत देखापरेको अवस्थामा बुद्धको शिक्षाले शान्ति कायम गर्न सक्ने बताएका छन् । 

बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोहको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले  बुद्धको शिक्षाहरुलाई पुर्नताजगी गराई त्रिपिटक पाठले विश्वमै लुम्बिनीबाट शान्तिको सन्देश जाने विश्वास व्यक्त गरे । 

2-1741240509.jpg
बुद्धजन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको सन्देश दिने थलोका रुपमा विकास गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड छ । उनले लुम्बिनी विकास कोषले पूर्वाधार विकाससँगै त्रिपिटक पाठ जस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमलाई बढाउनुपर्ने सुझाव पनि दिए । 

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन शुरू गरिएको छ । 

3-1741240570.jpg
आगामि २५ गतेसम्म चल्ने त्रिपिटक पाठ समारोहमा विहान साँढे ७ बजेदेखि साँझ ५ बजेसम्म मायादेवी मन्दिर परिसरमा चल्नेछ । 

 उद्घाटन समारोहमा म्यान्मार, थाइल्याण्ड, श्रीलंकाका राजदूतसहित विभिन्न देशबाट आएका बौद्द धर्मगुरू र भिक्षुहरूको उल्लेख्य सहभागिता थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update