
काठमाडौं । एशिया कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बुधवारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एशियन कप छनोटको तयारी शुरु गरेका छन् । यसले नेपाली फुटबललाई कस्तो प्रभाव पार्ला ?
नेपाली राष्ट्रिय फुटबल टोलीले एशिया कप छनोटका लागि तयारी शुरु गरेको छ । प्रशिक्षण नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु गरेका हुन् । नेपाली खेलाडीले उच्चस्तरमा प्रदर्शन गर्ने विश्वास गर्दै उनले तयारीलाई तीब्र पार्ने भनेका छन् ।
प्रहिक्षणमा सहभागि कप्तान किरणकुमार लिम्बूले नयाँ प्रशिक्षक म्याट रससँग प्रशिक्षण गर्न आफ्नो टोली र आफू उत्साहित रहेको बताएका छन् । कप्तान किरणले प्रशिक्षकको पनि साफ च्याम्पियनसिप जित्ने र एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने लक्ष्य रहेको उल्लेख गरे ।
टोलीमा केही नयाँ खेलाडीहरू पनि आएको र छोटो तयारी भए पनि सुखद् नतिजाको आशामा रहेको उनको भनाइ छ । यस्तै, नेपाली टोलीका डिफेन्डर अनन्त तामाङले हरेक प्रशिक्षकसँग फरक फिलोसेपी र ट्याक्टिस हुने भएकाले नयाँ प्रशिक्षकसँग खेल्न उत्साहित रहेको बताएका छन् ।
एशिया कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यस समूहमा बलियो भियतनामसँगै लाओस र मलेसिया छन् । भियतनाम सन् २०१९ मा एसियन कपको क्वार्टरफाइनलसम्म पुगेको थियो । म्याटको प्रशिक्षणमा नेपालले मैत्रीपूर्ण खेलपछि एशियन कपको छनोट खेल्नेछ ।