
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउँदै त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश भएको टिप्पणी गरेका छन् । मंगलवार नेपाल प्रेस संगठनले धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो भनेका हुन् । उनले अध्योदश ल्याउनुपर्ने के जरुरी अवस्था आईप¥यो ? भनेर प्रश्न समेत गरे ।
संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानूनहरु सामान्य रुपमा बनाउन सकिने उल्लेख गर्दै उनले सामान्य रुपमा कानून बनाउने कुरामा कसैले पनि अवरोध नगरेको उल्लेख गरे । सरकारले अध्यादेश ल्याउनुको औचित्य पुष्टि गर्न नसकेको उनको भनाइ छ । अध्यादेश ल्याउनुपर्ने प्रक्रिया नमिलेकै कारण आफ्नो पार्टीले अध्यादेशको समर्थन गर्न नसक्ने उनले जिकिर गरे ।
वर्तमान सरकारकै कमजोरीको कारण युवा पलायन बढिरहेको उनले आरोप लगाए । वर्तमान सरकारले मान्छे बेच्नको लागि ठाउँ ठाउँमा मेनपावर कम्पनी खोलेर बसेको गम्भिर आरोप पनि उनले लगाए ।