-1741004705.jpeg)
सर्लाही । लालबन्दी तरकारी बजारकाे अध्यक्षमा प्रमोद प्रसाद थपलिया चयन भएका छन् । थपलिया सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष थपलियासहित ६ सदस्य कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिमा राकेश ढुंगेल, प्रेम बहादूर घिसिङ्ग, विजय बस्नेत, राम सागर महतो, अमरिका कूमारि देबी चयन भएकाे बरिष्ठ कृषि अर्थ विज्ञ तिलकराज चौलागाईले बताए ।
अध्यक्ष थपलियाले लालबन्दी तरकारी बजारका व्यवस्थापन गर्न आफू लागिपर्ने बताए । सर्लाहीकै सबैभन्दा ठुलो होलसेल बजारको रुपमा रहेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीको बजारलाई वर्तमान अवस्था अनुसार परिमार्जित गर्दै लैजाउनु पर्ने अध्यक्ष थपलियाले बताए ।
लालबन्दी बजारको सेवासुविधा अझ उच्च कोटीको बनाउने र किसानमैत्री बजार बनाउने उद्देश्यमा जोड दिने उनले बताए ।
बजार व्यवस्थापनको अनुभवी रहेका कारण पनि उनलाई लालबन्दी तरकारी बजारको अध्यक्षको रुपमा चयन गरियको कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भु प्रसाद घिमिरेले बताए ।
मधेस प्रदेशमा हरियो तरकारीको हब लालबन्दी बन्दै गएको छ ।