News 24 Television
डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर विनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण

काठमाडाैँ । लेखक तथा प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण गरिएको छ । सोमवार काठमाडौंमा एक समारोहकाबीच त्रिभूवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) खड्ग केसीले पुस्तकको लाकोर्पण गरेका हुन् ।

लोकार्पण कार्यक्रममा बोल्दै लेखक तथा प्रध्यापक खरेलले पुस्तकमा विश्व पत्रकारिताको विषयमा विश्लेषण गरिएको बताए । पुस्तकमा ८० प्रतिशत सामग्रिहरु विश्व दृष्टिकोणबाट लेखेको उनको भनाइ छ । उनले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई विश्वव्यापी रुपमै राजनीतिकरण र खण्डिकरणको प्रवेश भएको बताए ।

नेपालका अधिकांश पत्रकारहरु राजनीतिक दलको भ्रातृ संगठनको सदस्य रहेको कारण समस्या भएको भन्दै उनले यसलाई शुद्धीकरण गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘अहिलेको पुस्तक चाहीँ आदर्शको हिसाबले पत्रकारिता चौथो अंग नै हो । तर राजनीतिकरण, खण्डिकरणको प्रवेश पत्रकारिता क्षेत्रमा नेपालमा मात्र होइन विश्वभरी नै भयो । र मेरो पुस्तकमा ८० प्रतिशतभन्दा बढी सामग्रि विश्वको दृष्टिकोणबाट मैले तयार गरेको छु । मैले पश्चिमा देशको अवस्थाहरुबारे विज्ञहरुसँग राखेको छु भने नेपालको अवस्थामा केही स्रोतहरु लिएको छु । नेपालको पत्रकारितामा पनि राजनीतिकरण भएको छ । धेरै पत्रकारहरु राजनीतिक दलको भातृ संगठनको सदस्य भएको हिसावले त्यो शंकास्पद हुन्छ । यसलाई शुद्धिकरण गर्नुपर्छ भन्ने मेरो जोड हो ।’

पछिल्लो समय नेपालको मात्र नभई अमेरिका र युरोपको समते पत्रकारिताको स्तर खस्किदै गएको बताए । 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update