पर्साका कालिकामाई गाउँपालिकामा ३० जना विद्यार्थी बेहोस

वीरगञ्ज, पर्सा । पर्साको कालिकामाई गाउँपालिकाको एक विधालयमा ३० जना भन्दा धेरै छात्रछात्रा बेहोस भएका छन् ।
कालिकामाई गाउँपालिका वडा नम्बर ४ कटिबलुवाको विद्यालयका विद्यार्थीहरु अचानक बेहोस भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धिरज कुमार साहले जानकारी दिए । नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका विद्यार्थीहरु आज मध्यान्हदेखि अचानक बोहस भएको उनको भनाई छ ।
बेहोस भएका विधार्थीहरु मध्य २ जनाको अवस्था गम्भीर रहेको उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रेफर गरिएको र अन्यको पोखरीया अस्पतालमा उपचार भइरहेको स्वास्थ्य शाखा प्रमुख साहले बताए ।
उनका अनुसार धेरै जसो छात्राहरु बेहोस भएका छन् । विधार्थीहरु बेहोस भएपछि विधालय बन्द गरिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१ १५:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय