
जनकपुर । होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष जनकपुरको मिथिला धामबाट शुभारम्भ गरिएको छ ।
देशका प्रमुख शहरहरुमा गएर पोखरामा पर्यटक निम्त्याउन गरिने यो अभियानले पोखरामा आन्तरिक पर्यटन आवागमनलाई बढवा दिने विश्वास लिइएको छ ।
कुनै समय थियो पर्यटक भन्ने बित्तीकै पश्चिमी मुलुकबाट आएका नागरिकलाई मात्र सम्झिने गरिन्थ्यो । यो परिभाषालाई चिर्दै नेपाली पनि धुम्न पर्छ र नेपाली पनि पर्यटक हुन् भन्ने स्थापित गर्न होटल संघ पोखराले जाँउ है पोखरा अभियान सुरु गर्यो ।
त्यस संगसंगै पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहल पहल बढ्न थाल्यो । फलस्वरुप अहिले पोखरा आन्तरीक पर्यटकको पहिलो रोजाईमा छ । २२ वर्ष पहिले सुरु गरियको अभियान जाँउ है पोखरा अहिले पनि जारी छ ।
आन्तरीक पर्यटकलाई पोखरामा निम्ता दिन होटलसंघ पोखराले देशका प्रमुख शहरमा पुगेर जाँउ है पोखरा संचालन गर्छ । यो पटक पनि मधेश प्रदेशको राजधानी पवित्र धाम जनकपुरबाट यो अभियान शुभारम्भ गरियको छ ।
शुभारम्भ कार्यक्रमा बोल्दै जनकपुरका पर्यटन व्यवसायीले जनकपुर आउने पर्यटकलाई पोखरा पुर्याउने र पोखरा आएका पर्यटकहरुलाई मधेश ल्याउने गरी सहकार्य गर्नु पर्ने धारणा राखेका थिए ।
अभियानको शुभारम्भ कार्यक्रमा बोल्दै मधेश प्रदेशका पर्यटन मन्त्री सकिल अलिमियाले पर्यटन विकासकालागि सबै प्रदेश विच थप सम्वन्वय आवस्यक रहेको बताँउदै जनकुर बाट पोखरा सम्मको सिधा हवाई उडान गर्न सके दुबै शहरको पर्यटनमा थप विकासहुने र आफु त्यसमा लागेको उनले बताए । होटल संघ पोखराले जाउँ है पोखरा संचालन गरेपनि यो अभियान पोखरा र देशका प्रमुख शहर विच दोहोरो पर्यटन विकासको सेतु भयको होटल संघ पोखराका अध्यक्ष लक्षमण सुबेदीको भनाई छ ।
जनकपुरबाट सुरुभयको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विर्तामोड, इटहरी, बर्दिबास र हेटौंडामा पनि हुनेछ । दोश्रो चरणमा पश्चिम नेपालका प्रमुख शहरमा यो अभियान संचालन गरिने छ । त्यस्तै छिमेकी राष्ट्र भारतका सिमावर्ती शहरमा चलिय पोखरा र चिनका शहरमा चाउला पोखरा संचालन गरिने छ ।
अभियान मार्फत पोखरा आउने पर्यटकहरुलाइ विभिन्न खालका छुटका प्याकेज पनि पाउने छन् । यो अभियान लगत्तै नयाँ वर्षको अवसरमा होटल संघ गण्डकीले फेवा नववर्ष महोत्सव आयोजना गर्ने छ । हाल पोखरामा एकहजार दुई सय भन्दा बढि होटल संचालनमा छन् भने त्यसबाट दैनीक ५० हजार बढी पर्यटकलाई राख्ने क्षमता राख्छ ।