News 24 Television
युक्रेनलाई मिसाइल किन्न १.६ अर्ब पाउण्ड दिने बेलायती प्रधानमन्त्रीको घोषणा

एजेन्सी । एक दर्जनभन्दा बढी पश्चिमी नेताहरूको सहभागितामा मध्य लण्डनमा रहेको ल्यान्कास्टर हाउसमा रक्षा शिखर सम्मेलन सम्पन्न भएको छ ।

बेलायती प्रधानमन्त्री केयर स्टारमरद्वारा आयोजित यो बैठक एक हप्ताको गहन कुटनीतिक वार्तापछि भएको थियो । युक्रेनको लागि शान्ति योजना अगाडि बढाउनमा केन्द्रित थियो ।

शिखर सम्मेलन पछि पत्रकार सम्मेलनमा स्टारमरले घोषणा बेलायतले युक्रेनलाई ५ हजार भन्दा बढी वायु रक्षा मिसाइलहरू किन्न १.६ अर्ब पाउण्ड ब्रिटिश निर्यात वित्त प्रयोग गर्न अनुमति दिने घोषणा गरे । उनले युक्रेनमा शान्तिको ग्यारेन्टी गर्न चार चरणको योजना पनि अनावरण गरे ।

एक दर्जनभन्दा बढी युरोपेली राष्ट्रप्रमुखहरू र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो लगायत पश्चिमी नेताहरू युक्रेनको शान्ति योजनालाई अगाडि बढाउने उद्देश्यले रक्षा शिखर सम्मेलनको लागि आईतवार लण्डनमा भेला भएका थिए । 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update