News 24 Television
जानको वार्षिकउत्सवमा प्रशंसा नै प्रशंसा, सम्बन्धबारे अनेकन चर्चा

काठमाडौं । नेपाल जाइका अलमनाई एसोसियसन जानको ५१औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा भएको सहकार्यको स्मरण गरिएको छ । नेपाल जापानबीचको सम्बन्ध, विकास निर्माणदेखि विभिन्न क्षेत्रमा भएका सहकार्यलाई स्मरण गर्दै दुई देशको सम्बन्ध विस्तारमा सचेत बन्नुपर्ने आवाज उठेको छ । 

नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५१ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु गरिएका छन् । वाषर््िकोत्सवकै अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले जापान नेपालको हितैषी मित्र र दीगो विकासको सहयात्री भएको बताएका छन् ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालको विकासका लागि नीति निर्माण गर्ने, उन्नत कार्य एवम् संस्कृति वातावरण तयार गर्ने, उन्नत विकास र नविनतम् प्रविधिको प्रयोगका लागि जापानबाट सिक्ने र सिकाउने वातावरणका लागि जानले नेतृत्वदायी भूमिका अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत तोरु मायेदाले नेपाल जापान कुटनीतिको ७० औं वर्ष प्रवेश अर्को वर्ष हुने भन्दै सम्बन्ध सुधार गर्नमा काम गर्ने बताएका थिए । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा नेपालबाट जापान गई अध्ययन तालिम तथा भ्रमण गरी फर्किएका नेपालीलाई सङ्गठित गरी जापान र नेपालबीचको मित्रतालाई थप सुदृढ गर्ने उद्देश्यले विसं २०२९ मा जानको स्थापना भएको हो । 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update