News 24 Television
जापानी प्रतिनिधि मण्डलसँगकाे भेटमा प्रधानमन्त्रीले भने- 'विकासका लागि शान्ति आवश्यक'

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि शान्ति आवश्यक रहेको बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा जापानी प्रतिनिधि मण्डलसँगको भेटमा उनले युद्धले विनाश गर्ने र शान्तिले विकास गर्ने बताए ।

विश्वमा शान्ति छाओस् भन्ने नेपालको प्रवल इच्छा र सक्रिय प्रयास रहेको बताउँदै प्रधानमन्त्रीले नेपाल र जपानबीचको सम्बन्ध अहिले बहुआयामिक ढंगले अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘युद्धले विनाश गर्दछ, शान्तिले विकास गर्दछ । त्यसकारण विकासका लागि हामीलाई शान्ति चाहिएको छ । विश्वमा शान्ति छाओस् भन्ने प्रवल इच्छा र सक्रिय प्रयास पनि रहेको छ । अहिले हाम्रो सम्बन्ध बहुआयामिक ढंगले बढेको छ । हामी त्यहाँ नेपालीहरु अवसरका लागि पुगेका छन् । शिक्षा आर्जनका लागि पनि गएका छन् । अब आयात र निर्यात जस्ता कुराहरुको आदानप्रदान पनि भइरहेको छ । यसरी अब हामी एउटा नयाँ व्यापार विकासका साझेदारी हौँ । अब विकासको साझेदारीका लागि आइटी, एआईको जमानामा नयाँ ढंगले अघि बढिरहेका छौँ ।’

japani-1740733463.JPG
 

तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ मा सहभागी हुन जापानी प्रतिनिधि मण्डल नेपाल आएको हाे । प्रधानमन्त्री ओलीले उक्त समिटका माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update