News 24 Television
मधेश प्रदेशकै सर्वाधिक धनराशी भएको दोश्रो 'वीरगञ्ज गोल्डकप २०८१' हुँदै 

वीरगञ्ज । मधेश प्रदेशकै सर्वाधिक धनराशी भएको दोश्रो वीरगञ्ज गोल्डकप २०८१ प्रतियोगिताको आयोजना हुदैँछ । भेट्रान्स सिटी क्लब वीरगञ्जको आयोजनामा आगामी शनिबार फागुन १७ गतेदेखी २४ गतेसम्म वीरगञ्जस्थित आदर्शनगर रंगशालामा फुटबल प्रतियोगिता हुन लागेको हो । 

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबका उपाध्यक्ष रोशन श्रेष्ठले प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको जानकारी दिए । उनले मधेश प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्ने उदेश्य सहित प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । 

पछिल्लो समय फेुटबल क्षेत्रमा युवाहरुको रुची घट्दै गएको भन्दै यसको संरक्षण गर्नुका साथै खेलाडीहरुको मनोबल बढाउनमा समेत उक्त प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उपाध्यक्ष श्रेष्ठले दाबी गरे । 

foto-1740727628.jpg
प्रतियोगितामा वीरगञ्ज युनाईटेड, नेपाल पुलिस क्लब काठमाण्डौँ, बागमती युवा क्लब, सर्लाही, शहलेश फुटबल क्लब, सिरहा, मछेन्द्र फुटबल क्लब, काठमाण्डौँ, गरवाहल डाईमण्ड क्लब, दिल्ली, एपिई पावर चर्च ब्वाईज युनाईटेड, काठमाण्डौँ र संकटा फुटबल क्लब, काठमाण्डौँ गरी ८ टोलीको सहभागिता हुने आयोजकले जनाएको छ । 

गोल्डकप प्रतियोगितामा प्रथम हुने टोलीले ११ लाख ११ हजार १ सय ११ रुपैया, दोश्रो हुनेले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने क्लबको अध्यक्ष सबिन बस्नेतले बताए । यस्तै सर्वोत्कृष्ट खेलाडीले ईलेक्ट्रिक स्कूटी तथा ट्रफी, वेस्ट किपरले २० हजार, वेस्ट कोचले २० हजार तथा प्रत्येक दिनको खेलमा मैन अफ द म्याचले १० हजार प्राप्त गर्ने उनले बताए ।

यस गोल्डकपको अनुमानित लागत १ करोड लाग्ने आयोजकले जनाएको छ । प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगञ्ज गोल्डकपको विजेताको रूपमा नेपाल पुलिस क्लब र उपविजेताको रूपमा नेपाल आर्मी क्लब भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update