News 24 Television
७६ किलो  लागुऔषध गाँजासहित २ जना पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । पर्सा प्रहरीले ७६ किलो  लागुऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाका २ जना रहेको पर्सा प्रहरीले जनाएको छ  ।

प्रहरीले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुर स्थित सडकखण्डमा नौकाटोलबाट जितपुरतर्फ आउँदै गरेको पटेर्वासुगौली गाउँपालिका वडा नं.४ भथौरा बस्ने १९ वर्षीय अर्जुन महतोलाई ४६ केजी गाँजासहित नियन्त्रणमा लिएको हो । 

पैदलयात्री अर्जुनमाथी संका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त परिणामको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास भट्टले जानकारी दिए ।

2-1740722265.jpg
यस्तै  नेपाली सेनाको श्री जबुज गण सुरक्षा पोष्ट भाठा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौली खटिएको संयुक्त टोलीले पैदलयात्री पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं।१ गदियानीका ३० वर्षीय असलम अन्सारीलाई ३० केजी लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको छ । 

प्रहरीले पटेर्वासुगौली गाउँपालिका वडा नं।१ पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पुरानो भाठा स्थित सडकखण्डमा भाठा मन्दिरबाट शिकारी बाँस स्थान तर्फ आउँदै गरेको पैदलयात्री अन्सारीमाथी संका लागी चेकजाँच गर्दा निजले बोकेको बोराभित्र लुकाइछिपाई राखेको लागु औषध गाँजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता सुवास भट्टले बताए । पक्राउ परेका दुवैलाई लागु औषध सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update