
कास्की । बाह्रौं संस्करणको नेपाल लिटरेचर फेस्टिभल पोखरामा शुरु भएको छ । साहित्यको कुम्भमेला मानिने फेस्टिभल फेवाताल किनार बाराही घाटमा फागुन १८ सम्म चल्नेछ । फेस्टिभलमा भूपि र अलिमियाँ कक्षमा साहित्यसँग, सामाजिक विषय, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमा लगायत विविध क्षेत्रका सेसन चल्नेछन् ।
पोखरामा बाह्रौं संस्करणको नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरू भएको छ । बुकवर्म फाउन्डेसनको आयोजनामा सुरु भएकोे बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराहीघाट मैदानमा फागुन १८ सम्म चल्नेछ । ’साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गरेका छन् ।
गुरुङले पोखरालाई पर्यटकीय राजधानी घोषणा, पर्यटन वर्ष घोषणा भएको सन्र्दभमा नेपाल लिटरेचर फेस्टिभलले पर्यटन प्रवद्धनमा थप टेवा दिने बताए । उनले पोखरामा फरक खालको कार्यक्रम भएको जहाँ मुलुकको संस्कृति, अर्थतन्त्र बोल्ने र विचारको विमर्श हुने बताए ।
देश–विदेशका २ सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकार लगायतको उपस्थिति रहने महोत्सवमा भूपी र अलिमियाँ कक्ष छन् ।
यी २ कक्षमा बेलुका ६ बजेसम्म साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि सेसन चल्नेछन् । यस्ता खालका फेस्टिवलले पोखराको साहित्य मात्र होइन समग्र क्षेत्रको विचारको विमर्श हुने सहभागीको भनाइ छ ।
फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ । परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने सांगीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ ।
काठमाडौँ विश्वविद्यालयको संगीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरू भएको यस ब्यान्डको संगीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय संगीतको समिश्रण सुन्न सकिनेछ ।
त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् ।
महोत्सवमा नेपाली क्रिकेटका पारस खड्का, डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मको प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् । नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका २ सत्रमा रहनेछ ।
नेपाली लोक संगीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई संगीतमय बनाउनेछ भने चित्रकला पनि समावेस गरिएको छ । तसर्थ यस्तो खालको साहित्य महोत्सवले साहित्य, कला, संस्कृति, र समाजमा महत्वपूर्ण योगदान दिएको धेरैको बुझाई छ ।