News 24 Television
बर्दियामा जताततै गाजा उम्रिदा दुर्व्यसनी बढ्दै, प्रहरीले शुरु गर्यो फडानी 

बर्दिया । बर्दियाको अधिकांस भागमा आफै उत्पादन हुने भएकाले गाजा जताततै देख्न सकिन्छ । यही गाजा स्थानियले लागू औषधका रुपमा प्रयोग गर्ने गरेका छन् । 

बर्दियामा बिगतका बर्षहरुमा भन्दा यस बर्ष लागु औषध कारोबार गर्ने र पक्राउं पर्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय बर्दिया र प्रहरीको आह्वानमा गाजा फडानी गर्न शुरु गरिएको छ । 

भारतको बहराईच जिल्लासंग सिमा जोडिएको बर्दिया जिल्ला ८३ किलोमिटर खुला सिमा भएको जिल्ला हो । खुला सिमा भएका कारण मानिसहरु सजिलै भारत आवत जावत गर्ने गरेका छन भने भारतबाट नेपाल फर्कदा लागु औषध प्रयोग या ओसार प्रसारमा समेत संलग्न हुन थालेका छन । 

जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्यांक हेर्ने हो भने आर्थिक बर्ष ०७८–०७९ मा ५२ जना, ७९. ०८० मा ९१ जना र ०८०.०८१ मा भने त्यो संख्या बढेर २ सय ७ जना प्रहरीले पक्राउँ गरेको देखिन्छ । 

बिगतका बर्षहरुमा अत्याधिक मात्रामा बढेको लागु औषधको कारोबार आर्थिक बर्ष ०८१.०८२ को पुस महिनासम्मको तथ्याकले भने केही कमि आएको देखिन्छ । 

यस आर्थिक बर्ष करिव साढे पाँच महिनाको तथ्यांकलाई हेर्दा ४७ वटा मुद्दा दर्ता गर्दा ७० जनालाई पक्राउ गरिएको छ । 

यो संख्या केही आशातित देखिएपनि गाउँ घरमा भने लागु औषधको प्रयोग दिनानुदिन बढ्दै गएको देखिन्छ । लागु औषधको प्रारभिक रुपनै गाजा भएकाले स्थानियको सहयोगमा प्रहरीले गाजा फडानी काम शुरु गरेपछि स्थानिय हर्षित भएका छन्   

बर्दिया जिल्लाको सदरमुकाम गुलरिया आसपासमा नै पाईने गाजालाई बर्दिया जिल्लामा लागु औषधको प्रारम्भिक रुप मानिन्छ । त्यसैले पनि बर्दियामा उत्पादन हुने गाँजालाई नष्ट गर्दै लैजानु पर्नेे जिल्ला प्रशासनले जनाएको छ ।  

बर्दियामा छ्याप्छ्याप्ती पाईने गाजा नियन्त्रणमा प्रशासनको यो कदम सह्रानिय छ । तर  यसको निरन्तरता भने प्रशासनले कति दिन सक्छ र यसको प्रभाव कत्तिको पर्छ त्यो भने हेर्न बाँकी नै छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update