News 24 Television
ट्रम्पले चाल्दै नयाँ योजना ! युक्रेनबाट चीन हिर्काउने अस्त्र तयार ! 

काठमाडौं । युक्रेन र अमेरिका खनिज पदार्थ प्रयोग सम्झौता सम्बन्धि सर्तहरूमा सहमत भएको खबर बाहिरिएसँगै यसबारे अनेक कोणबाट टिप्पणी शुरु भएका छन् । हुन त, औपचारिक रुपमै यस सम्झौताबारे घोषणा गरिएको छैन तर, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार यस सम्झौताले ठुलो रणनीतिक महत्व बोकेको छ ।  युक्रेनको राजधानी किभका एक वरिष्ठ अधिकारीले यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेको ठुलो प्रभाव पार्नसक्ने कदम हो । 

युक्रेनमाथि अमेरिकी पक्कड अहिलेको होइन । यस पहिले मुलुकको अस्थित्वमाथि सम्मानसहित अमेरिकाले युक्रेनलाई सहयोग गर्दै आएको थियो । तर, राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आइसकेपछि युक्रेनसँग सम्मानजनक व्यवहार खास देखिदैन । रुस–युक्रेन युद्धको फाइदा ट्रम्पले मज्जाले उठाइरहेका छन्, आफ्नो रणनीतिक र राजनीतिक दाउमा टेकेर । रणनीतिक रुपमा शक्ति अभ्यास गर्दै युरोपलाई आफ्नो कब्जामा राख्न चाहेका ट्रम्पले यस अघि युक्रेनको खनिज पदार्थमा गिद्धेनजर लगाएका थिए तर, उनी एकाएक अर्को रणनीतिक मुभमा देखिन्छन् । 

उनले खनिज पदार्थ प्रयोगको सर्तबाट पछि हट्न तयार रहेको अनि यसको बदलामा युक्रेनको सुरक्षा ग्यारेण्टी समेत नलिने कदम चाल्न खोजेको देखाए । तर, यो ट्रम्पको रणनीतिक भाषा थियो । अर्थात ट्रम्पले दबाबमा पारेरै युक्रेनका खनिजमाथि आफ्नो कब्जाका लागि सम्झौता गर्न सफलताको अन्तिम चरणमा छन् । 

यसबारे औपचारिक रुपमा बाहिर नखुलाएपनि युक्रेनको राजधानी किभका एक वरिष्ठ अधिकारीले यसबारे खुलाएको अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् । समाचार संस्थाहरुका अनुसार किभका अधिकारीले विस्तृत विवरण दिएनन् तर दुई देश सम्झौतालाई साकार पार्न महत्वपूर्ण संशोधन गर्ने सहमतिमा पुगेका छन्  र यो सम्झौता यसै हप्ता भित्र औपचारिक रुपमा सम्पन्न हुनेछ । 

अमेरिकाको स्वार्थ र सम्झौताको औपाचारिक घोषणाको चाँजोपाँजो 

- समाचार संस्थाहरुका अनुसार अमेरिकाले युक्रेनको खनिज पदार्थको प्रयोगबाट ५०० अर्ब डलर कमाउने आफ्नो प्रारम्भिक सर्त त्यागेको छ ।
 
- तर सम्झौताको बदलामा अमेरिकाले युक्रेनलाई सुरक्षाको कुनै ग्यारेन्टी दिएको छैन । जुन सम्झौताको लागि युक्रेनको मुख्य सर्त थियो ।

- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की यस सम्झौतामा हस्ताक्षर गर्न यसै हप्ता वाशिंगटन आउन सक्ने बताएका छन् । 

- यसअघि दुवै नेताले एकअर्काविरुद्ध कठोर शब्द प्रयोग गरेका थिए ।

- विगतमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्पको खनिज सम्झौताको प्रस्तावलाई अस्वीकार गर्दै भनेका थिए, “म आफ्नो देश बेच्ने छैन ।”


- युक्रेनमा दुर्लभ खनिज पदार्थको ठूलो भण्डार छ । यी खनिजहरू भएका केही क्षेत्रहरू हाल रूसको नियन्त्रणमा छन् ।

- तर फेब्रुअरी १० मा फक्स न्यूजलाई दिएको एक अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, “मैले उनीहरूलाई भनेको छु कि हामी ५०० अर्ब डलर बराबरको दुर्लभ ‘अर्थ’ खनिज चाहन्छौं । उनीहरू लगभग यसमा सहमत भइसकेका छन् ।”

- यो अन्तर्वार्ता पछि जेलेन्स्कीले भनेका थिए, “यो कुनै गम्भीर कुराकानी थिएन । म मेरो देश बेच्न सक्दिन ।”

के अब युद्ध रोकिन्छ ?

- ट्रम्पको तर्क थियो– युक्रेनले अमेरिकालाई उसको ‘रेयर अर्थ’ (दुर्लभ पृथ्वी) खनिजहरू प्रयोग गर्न दिनुपर्छ किनभने जो बाइडेन प्रशासनले रूससँगको युद्धको समयमा युक्रेनलाई अर्बौं डलर सहायता प्रदान गरेको थियो । 

- ट्रम्पका अनुसार अमेरिकाले अहिलेसम्म युक्रेनलाई ३०० देखि ५०० अर्ब डलरसम्मको सहायता प्रदान गरिसकेको छ । 

- साथसाथै ट्रम्पले जेलेन्स्कीलाई तानाशाह भन्दै युद्ध सुरु गरेकोमा रुसलाई होइन, युक्रेनलाई दोष दिएका थिए ।

- यो खनिज सम्झौतालाई रुस विरुद्ध युक्रेनलाई निरन्तर अमेरिकी समर्थनको लागि एक महत्त्वपूर्ण शर्तको रूपमा हेरिएको छ । 

- ट्रम्प प्रशासनको विश्वास छ कि यो सम्झौता युक्रेन र रुस बीच युद्धविरामको लागि पहिलो कदम हुनेछ ।

- एक दिन अघिमात्रै पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको खनिजमा अमेरिकी पहुँचमा आफू बाधक नबन्ने बताएका थिए । यसमा ती क्षेत्रको खनिज पनि समेटिएको जहाँ रूसले कब्जा गरेको छ ।


- यद्यपि, अमेरिकाले यो सम्झौताको बदलामा युक्रेनलाई कुनै सुरक्षा ग्यारेन्टी दिएको छैन, तर यसपछि युद्धविरामको प्रयास तीव्र हुन सक्ने विश्वास गरिएको छ ।

- युक्रेनको खनिजमा ट्रम्पको वास्तविक नजर कस्तो ? 

- झट्ट हेर्दा खनिज प्रयोगमा पछि हटेजस्तो देखिने ट्रम्पले कूटनीतिक रुपमा युक्रेनले खनिजमा अमेरिकी अधिकार नदिए युक्रेनलाई सुरक्षाको कुनै काम गर्ने छैन । जसले गर्दा युक्रेन रुससँगको हार व्यहोर्ने छ र यो अवस्था स्वत युक्रेनका लागि दुर्भाग्य हुनेछ । त्यसैले ट्¥यापमा  परेर नै ट्रपले युक्रेनसँग सम्झौताको माहोल बनाएका हुन् । 

ट्रम्पको नजर खनिजमा किन ?

- अहिले प्रश्न यो उठीरहेको छ– ट्रम्पले युक्रेनको खनिज पदार्थ प्राप्त गर्न किन यति धेरै जोड दिइरहेका छन् ? 

वास्तवमा ट्रम्पको नजर युक्रेनको दुर्लभ अर्थ खनिजमा छ जुन विद्युतीय कार, आधुनिक हतियार र सैन्य उपकरणहरू बनाउन प्रयोग गरिन्छ ।


- चीनले हाल दुर्लभ अर्थ खनिजहरूको विश्वव्यापी आपूर्तिमा प्रभुत्व जमाएको छ । 

- सम्भवतः चीनलाई रोक्नको लागि ट्रम्पले दुर्लभ अर्थ खनिजहरूको उत्पादन र आपूर्तिमा अमेरिकाको हिस्सा बढाउन खोजिरहेका छन् ।

- विगत केही दशकहरूमा चीन दुर्लभ अर्थ खनिजहरूको खानी र प्रशोधनको हिसाबले सबैभन्दा ठूलो देश बनेको छ । 

- यसले यी खनिजहरूको विश्वव्यापी उत्पादनको ६० देखि ७० प्रतिशत ओगटेको छ । 

- प्रशोधन क्षमतामा पनि चीनको ९० प्रतिशत हिस्सा छ ।

- दुर्लभ अर्थ खनिजका लागि चीनमाथि अमेरिकाको निर्भरता ट्रम्प प्रशासनको लागि चिन्ताको विषय हो । 

- यसले आर्थिक र सैन्य मोर्चामा चीन विरुद्ध अमेरिकाको रणनीति कमजोर बनाउन सक्छ ।

- युक्रेनमा कस्ता खनिजहरू छन् ?

- युरोपेली संघले ‘महत्वपूर्ण कच्चा पदार्थ’ भनेर वर्णन गरेको ३० खनिजमध्ये २१ वटाको भण्डार युक्रेनसँग छ । 

- युक्रेनमा रहेका यी खनिजहरूको भण्डार सम्पूर्ण विश्वमा रहेका दुर्लभ अर्थ खनिजहरूको भण्डारको पाँच प्रतिशत हो ।

- युक्रेनको दुर्लभ अर्थ खनिजहरूको अधिकांश भण्डार क्रिस्टलीय शिल्डको दक्षिणी क्षेत्रमा अवस्थित छन् । 

- यो क्षेत्र अजोभ सागरको दायरा भित्र पर्छ । यहाँका अधिकांश क्षेत्रहरू हाल रूसको कब्जामा छन् ।

- हाल युक्रेनसँग १ करोड ९० लाख टन ग्रेफाइटको भण्डार छ । यो विद्युतीय सवारी साधन बनाउन प्रयोग गरिन्छ ।

- युक्रेनमा विद्युतीय सवारी साधनका लागि प्रयोग हुने ब्याट्री बनाउन आवश्यक पर्ने लिथियमको भण्डार पनि छ । 

- युरोपमा जति पनि लिथियमको भण्डार छ त्यसको एक तिहाई भाग युक्रेनसँग छ । 

- रुससँग युद्घ अघि युक्रेनको क्षमता कस्तो ?

- रुसको आक्रमण अघि युक्रेनले विश्वको सात प्रतिशत टाइटेनियम उत्पादन गथ्र्यो । 

- यसको प्रयोग हवाईजहाजदेखि पावर स्टेशन निर्माणसम्म हुनेगरेको छ ।

- रुसले युक्रेनको दुर्लभ अर्थ खनिजहरूको केही भण्डार कब्जा गरेको छ । 

- युक्रेनका आर्थिक मामिला मन्त्री युलिया स्विरिडेन्कोका अनुसार रुसले लगभग ३५० अर्ब डलर बराबरको खनिज स्रोतसाधनको नियन्त्रण लिएको छ ।

दुर्लभ अर्थ खनिजहरू के हुन् ?

- ‘रेयर अर्थ’ आधुनिक प्रविधि र उद्योगहरूमा प्रयोग हुने समान १७ रासायनिक तत्वहरूको सामूहिक नाम हो । 

- तिनीहरू स्मार्टफोन, कम्प्युटर, चिकित्सा उपकरणहरू सहित धेरै चीजहरूको निर्माण र प्रविधिहरूमा प्रयोग गरिन्छ ।

- ‘रेयर अर्थ’का खनिजहरूमा स्क्यान्डियम, यट्रियम, ल्यान्थानम, सेरियम, प्रसेडोनियम, नियोडिमियम, प्रोमेथियम, सामारियम, युरोपियम, ग्याडोलिनियम, टर्बियम, डिस्प्रोसियम, होल्मियम, एर्बियम, थुलियम र लुटेटियम समावेश छन् ।

- यी खनिजहरूलाई ‘दुर्लभ’ भनिन्छ किनभने तिनीहरूको शुद्ध रूप फेला पार्न लगभग दुर्लभ छ । यद्यपि, विश्वभर यसको केही भण्डारहरू छन् ।

- थोरियम र युरेनियम जस्ता रेडियोधर्मी तत्वहरूसँगै दुर्लभ अर्थका खनिजहरू  पाइन्छन् । 

- तर तिनीहरूलाई यसबाट अलग गर्न, धेरै विषाक्त रसायनहरू आवश्यक पर्दछ । त्यसैले तिनीहरूको प्रशोधन धेरै गाह्रो र महँगो हुन्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update