News 24 Television
म्यानमारले चुम्यो अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि, नेपाल गोलरहित

काठमाडौँ । फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि म्यानमारले चुमेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ भएको फाइनल खेलमा म्यानमारले २-० गोल अन्तरमा उपाधि जितेको हो ।

खेलको सुरुदेखि नै दुवै टोलीले आक्रामक रुपमा प्रदर्शन गरे पनि पहिलो हाफसम्म कुनैले पनि गोल गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफकाे ६२ औँ मिनेटमा म्यानमारले नेपालविरूद्ध पहिलाे गाेल गर्यो । त्यसको २ मिनेटमै  म्यानमारको खातामा २ गोल हुन पुग्यो । नेपालले भने अन्तिमसम्मै गोलरहित रह्यो । 

goal-1-1740577844.JPGपहिलो हाफको ३५ औँ मिनेटमा नेपाली खेलाडी साम्बाको हेडर गोलरक्षकले क्लियर गर्दा त्यसकै रिबाउण्डमा रेखा पौडेल र सविता रानामगरको प्रहार म्यानमारकी डिफेन्डरले क्लियर गरिन् ।  यसमा नेपाली टोली चुक्दा अग्रता लिने अवसर गुम्यो । अर्को हाफमा भने नेपालले राम्रो प्रदर्शन गर्न सकेन । 

यसअघि दुवै टोलीबीच समूह चरणको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो । उक्त प्रतियोगितामा नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनल पुगेका थिए । बुधबारको फाइनल खेलमा घरेलु टाेली नेपाल जितका लागि दबाबमा थियाे । तर उपाधि चुम्नबाट नेपाली टोली चुकेको छ ।

फाइनल खेलमा नेपालले कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेललाई टिममा भित्र्याएको थियाे । फाइनल सुरु हुनुअघि टोलीले प्रशस्त अभ्यास समेत गरेको थियो । खेल सुरु हुनुभन्दा डेढ घण्टा अघि नै दर्शकहरुले रंगशाला खचाखच भएको थियो । उत्साहपूर्ण वातावरणमा खेलकाे नतिजाकाे नेपालकाे पक्षमा आएन ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update