News 24 Television
अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनल खेल जारी

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको फाइनलमा  उपाधिका लागि नेपाल र म्यानमारको महिला फुटबल टोली भिड्दैछन् ।

यसअघि दुवै टोलीबीच समूह चरणको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।जारी प्रतियोगितामा नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनल पुगेका हुन् । आजको खेल नेपालका लागि घरेलु मैदानमा हुनु र जितका लागि दबाब बढ्नुले महत्वपूर्ण मानिएको छ ।

फाइनल खेलमा नेपालले कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेललाई टिममा भित्र्याएको छ । फाइनल सुरु हुनुअघि टोलीले प्रशस्त अभ्यास समेत गरेको थियो । खेल सुरु हुनुभन्दा डेढ घण्टा अघि नै दर्शकहरुले रंगशाला खचाखच भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update