
काठमाडौं । विश्व राजनीतिमा देखिएको परिवर्तनका कारण सुरक्षा चुनौति थपिएको निष्कर्ष निकालेको छ । सेनाले बढ्दो सुरक्षा चुनौतिलाई नजिकबाट नियालिरहेको भन्दै यसका विभिन्न आयामबारे जानकारी गराएको छ ।
पृतनापति समन्वयात्मक बैठकपछि सेनाले सुरक्षा चुनौति बढेको निष्कर्ष निकालेको जनाएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै सेनाले शान्ति मिसनमा नेपालले खेलेको भूमिकाबारे प्रष्ट पार्दै नेपालले अग्रणी भूमिका खेलेको दाबी गरेको छ । नेपालको सार्वभौमसत्तामा सेना सचेत रहेको पनि सेनाले जिकिर गरेको छ ।
शान्ति कायम गराउन नेपाली सेनाले खेलेको भूमिकाबारे बयान गरेको सेनाले नेपालमा समेत सुरक्षा चुनौति बढेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि स्थिति फेरिएको र सेनाले यो विषयलाई नियालिरहेको भनेको छ ।
बैठकमा सैनिक विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरू तथा पृतनापतिहरू सहभागी थिए । उनीहरुले नेपालमा सुरक्षा अवस्थामा थपिएका चुनौतिबारे गहन अध्ययन, विश्लेषण र निष्कर्ष निकाल्ने गरि अघि बढेको भनिएको छ । तर, सेनाले देखेको सुरक्षा चुनौति अहिलेको विश्वमा देखिएका नयाँ संकटको रुपमा आएका हुन ?
प्रश्न भने देखिन्छन् । तर, अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरागमनपछिको विश्व भने धेरै नै तरङ्गित बन्न थालेको छ । नेपाल जस्ता मुलुकमा भूराजनीतिक प्रभाव पेचिलो ढंगले देखिने र यसको समाधान बुद्धिमतापूर्वक गर्नुपर्नेमा विज्ञले जोड दिने गरेका छन् ।
सेनाले पत्रकार सम्मेलनमार्फत विभिन्न जानकारी दिएपनि नियमित र प्रक्रियागत विषयभन्दा पनि सुरक्षा चुनौतिको विषयले आम सर्वसाधारणको समेत ध्यान तानेको देखिन्छ ।
पछिल्लो समय नेपालमै चलिरहेका विभिन्न विरोधका आन्दोलन हुन् वा प्रणालीमाथिको प्रश्न नै किन नहोस, सुरक्षा चुनौति राष्ट्रिय अन्तराष्ट्रिय रुपमै बढेको देखिन्छ । यसको सामना गर्न नेपालले आवश्यक तयारी गर्नुपर्ने स्थिति आइलागेको छ ।