
काठमाडौं । काठमाडौं-तराई-मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको समयावधि थपिने भएको छ । नेपाली सेनाले हालसम्म गरेका कार्यहरुका बारेमा जानकारी दिन आईतवार नेपाली सेनाको मुख्यालयमा आयोजित कार्याक्रममा यस्तो जानकारी दिएको हो ।
काठमाडौं–तराई–मधेस द्रुत मार्गका प्रमुख उपरथी कमलविक्रम शाहले गत असोज १२ र १३ गतेको भिषण वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भएको बताए । उनले खोकनाको जग्गा विवाद समयमै हल हुन नसके निर्माणको समयावधि थपिने निश्चित भएको बताए ।
उनले भने, ‘नेपाली सेनाले लिएको काम नगर्ने भन्ने त कुरै हुँदैन । त्यसमा त हामी दिनरात लागेर प्रयास गरिरहेका छौँ । गत असोज १२ र १३ गतेको हेभ्भी रेन फलले गर्दाखेरि हाम्रो काममा धेरै ह्याम्पर गरेको कारणले पनि काममा केही डिले भएको हो । अब त्यो न्याचुरल डिजास्टरमा हाम्रो पनि हात हुने कुरा भएन, त्यसले गर्दा डिले भइरहेको छ । हामीलाई सबैभन्दा गाह्रो भएका चाहिँ रुख कटानको काममा चाहिँ एकदम बढी समय लागेको कारणले पनि काममा केही समय लागेको छ । अर्को यो खोकनाको जग्गाको विवाद समाधान हुनलाई ढिलो भयो भने त आयोजनाको टाइम बढ्नेमा त ले म्यानलाई पनि थाहा हुन्छ भन्ने कुरा हो ।’
असोज १२ र १३ गतेको भिषण वर्षाका कारण बख्खुबेसीदेखि सिस्नेरीसम्मको फास्ट ट्रयाक निर्माणको भौगोलिक अवस्था नै परिवर्तन भएको नेपाली सेनाको भनाइ छ ।