News 24 Television
प्रधानमन्त्री पत्नि शाक्यको ‘करुणा’ सार्वजनिक, यस्तो पीडादायी कथा !

काठमाडौं । प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यद्धारा लिखित करुणा पुस्तकको लोकार्पण गरिएको छ । शनिबार काठमाडौंको प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा समारोहको आयोजना गरि शाक्यको आत्मकथा समेटिएको पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकमा नेपालका मुख्य राजनीतिक घटनाक्रम र ति घटनाभित्रका अन्तरकथाहरु समेत समेटिएका छन् । 

प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यको आत्मकथा समेटिएको पुस्तक करुणा लोकार्पण गरिएको छ । शनिबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले नेता प्रदीप ज्ञवाली, गायिका आनी छोइङ डोल्मा र लेखक अमर न्यौपानेले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् । 

४१ वटा विषयसूची समावेश गरिएको पुस्तकमा शाक्यको बाल्यकालको संघर्ष, पढाई, जागिरे जिवन, वैवाहिक सम्बन्ध र पारिवारिक जिवनका विविध पक्ष समेटिएका छन् । 

दशकौंसम्म राजनीतिमा सक्रिय व्यक्तिको पत्निका रुपमा विताइरहेको समय अनि यसक्रममा नेकपा एमालेसँग जोडिन पुगेका नेपालका मुख्य राजनीतिक घटनाक्रम र ति घटनाभित्रका अन्तरकथाहरु समेत समेटिएका छन् । 

पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका लेखक शाक्यका पति केपी शर्मा ओलीले विवाहका समय आफुसँग केही सम्पत्ति नभएकाले धागोसम्म किनेर पत्निलाई दिन सक्ने अवस्था नरहेको पलको स्मरण गरे । 

राजनीतिक यात्रामा रहेकाले सम्पत्तिमात्रै नभइ समय पनि पर्याप्त दिन नसकेको बताए । आफुले सम्पत्ति आर्जन नगरेकै कारण शाक्य स्वयंमले जागिर गरेर बालकोटमा एउटा घर जोडेकाले उनको संघर्षले आफुलाई छुने प्रधानमन्त्री ओलीले बताए ।

पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै लेखक समेत रहेकी प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यले आफुले बाल्यकाल देखिनै संघर्ष गरेको सुनाउँदै बालकोटमा बनाईएको घरलाई देखाएर कहाँबाट आयो गोठालाको त्यो सम्पत्ति भन्दै ओलिलाई होच्याउने काम भै रहेकामा दुखेसो पोखिन् । 

उनले आफुले नेपाल बैंकको जागिरबाट दुःख गरेर बनाएको घरको हिसाब किताब मागेमा सबै दिन सक्ने भन्दै कसैप्रति पनि निराधार आरोप लगाउन नहुने बताईन् । कार्यक्रममा एमाले नेता प्रदिप ज्ञावली, गायिका आनी छोइङ डोल्मा र लेखक अमर न्यौपानेले समीक्षा गर्दै पुस्तकमा जीवनका भोगाईहरुलाई जस्ताको त्यस्तै रुपमा उर्तान खोजीएको टिप्पणी गरे ।

अर्थशास्त्र र इतिहासशास्त्रमा स्नातकोत्तर गरेकी शाक्यको करुणा दोस्रो पुस्तक हो । यस भन्दा अगाडि उनले मेरो अनुभूति नामक पुस्तक लेखेकी थिन् । 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update