News 24 Television
पूर्वराजाको सन्देशमा शिवसेनाको प्रतिक्रिया : ‘राष्ट्रिय एकताको नयाँ आयाम बन्न सक्छ’

काठमाडौं । राजसंस्था पक्षधर शिव सेना नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको सन्देश मुलुकको वर्तमान समस्या समाधानका लागि एक महत्वपूर्ण सूत्र हुन दावी गरेको छ । 

शिव सेनाका अध्यक्ष अनिल बस्नेत ‘बाबा’द्वारा जारी विज्ञप्तिमा ‘राजा–दल–प्रजातन्त्र’ सबै अटाउन व्यवस्था नै जनतामा व्याप्त चरम निराशा चिर्न सक्षम हुने उल्लेख छ । 

पूर्वराजाले देखाएको देशप्रेम, समस्या र समाधानका उपायहरुबारे समयमै छलफल गर्न सक्दा मुलुकमा भइरहेको क्षति न्यूनीकरणमा सघाउन पुग्ने भएकोले नयाँ सम्वादको आवश्यकता रहेको शिवसेनाले तर्क गरेको छ । 

‘पूर्वराजाको देशभक्ति, नेपाली जनताप्रतिको त्याग र समर्पणले सबै नेपाली जनतामा उत्साह थपेको छ । यो उत्साहलाई सार्थक विन्दुमा पुर्याउन नयाँ संकल्पको आवश्कता छ’ शिवसेनाको विज्ञप्तिमा ‘राष्ट्रिय एकताका लागि अब एक पटक फेरि नयाँ विन्दुबाट छलफल गरिनु पर्ने उल्लेख छ ।

राजासहितको प्रजातन्त्रमा सबै भावनाहरु समेटिन सक्ने, सबै वर्ग, क्षेत्र, लिंगका मानिसहरुलाई एकताबद्ध गर्न सकिने भएकोले पूर्वराजाको सन्देशबमोजिम शिवसेनाले जनतामा एकताबद्ध हुन अपिल गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update