
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी पु¥याएरै छाड्ने दाबी गरेको छ । पोखरामा आयोजित भण्डाफोर कार्यक्रमबाट राजावादी नेताहरुले राजा ल्याउने वातावरण बनेको भन्दै शान्तिपूर्ण ढंगले राजा ल्याउन नदिए परिणाम नराम्रो हुने चेतावनी समेत दिएका हुन् ।
अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले कुशासन र भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान सञ्चालन गरेको छ । देशका विभिन्न सहरमा यस्तो कार्यक्रम आयोजना गर्न लागेको राप्रपाले पोखरामा कार्यक्रम गर्ने समयअघि पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यले औधी खुशी साटिरहेको छ । राप्रपाका नेताहरुले पोखरामा भण्डाफोर अभियानमा बोल्दै राजा आउने तर्क पेश गरेका छन् ।
शाहीले जस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि पूर्वराजामाथि टिप्पणी गर्ने डा. बाबुराम भट्टराईदेखि अन्य नेताहरुलाई चुनौति दिदै राजा फर्किने ठोकुवा गरिरहेका छन् ।
नेताहरुले पूर्वराजा ज्ञानेन्द्रको भिडियो बयानलाई ठूलो पलब्धिको रुपमा ब्याख्या गरिरहेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अब राजालाई शितल निवासबाट नारायणहिटी डो¥याएर लैजाने भन्दै नविनतम सहमतिको प्रस्ताव गरेका छन् ।
लिङ्देनले अब राजा ल्याउने आन्दोलनलाई कसैले रोक्न नसक्ने भन्दै राप्रपाले शान्तिपूर्ण ढंगले राजालाई फर्काउन चाहेको बताए । उनले संवैधानिक राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाने र माओवादीदेखि राजावादी अटाउने नविनतम सहमतिको आवश्यकता औल्याए । तर, मुख्य राजनीतिक दलका नेताहरुले गणतन्त्रको विकल्प नभएको र गणतन्त्रमा पूर्वराजाहरुले पनि आफ्नो अभिव्यक्ति राख्न पाउने भनिरहेका छन् ।
गगनले जस्तै राजाबारे प्राय दलहरु सकारात्मक भने देखिन्नन् । तर, दलहरुभित्रै एकले अर्कोलाई राजावादीको आरोप लगाउने चलन भने चल्ने गरेको पाइन्छ ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई माओवादी लगायतका दलहरुले राजावादी भन्ने गरेका छन भने एमालेले माओवादीलाई राजावादी उक्साहटमा लागेको भन्ने गर्छ । तर, प्रधानमन्त्री ओली राजाबारेका विषयमा उदार भने प्राय सुनिने गरेको देखिन्न । यस्तोमा व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्नेहरुले झुठा कुरा गरेको प्रधानमन्त्री ओलीले भन्ने गरेका छन् ।
प्रधानमन्त्री ओली राजाप्रति अनुदार सुनिने गरेका छन् । उनले बेलाबेलामा राजाको पक्षमा उभिनेमाथि कटाक्ष गर्दै लाज शरम् नभएकाहरु भन्ने गर्छन् ।
राजतन्त्रबारेका अनेक विषय सतहमा देखिएको बेला राप्रपाले गर्ने भनेको आन्दोलन र पूर्वराजाको सत्तामोह कसरी अघि बढ्ला ? यो चासोमा रहेको वियष बन्न पुगेको छ ।