News 24 Television
सामाजिक सञ्जाल विधयेकमा माओवादी लगायतका दलहरु बेकारमा कराएः ओली  

काठमाडौं । सरकारले सामाजिक संञ्जाललाई मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले सामाजिक संञ्जाल बिद्येयकको तयारी गरिरहेको दाबी गर्दै सामाजिक सञ्जालमा भइरहेका अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश पोखेका छन् । सोसल मिडिया तथा आम संञ्चारका माध्यमको शैली र प्रस्तुती नेपाली सामाजिक सद्भाव भड्काउने र भ्रम सिर्जना गर्ने खालको रहेको भन्दै उनले आपत्ति पनि जनाएका छन् । 

शुक्रवार नेपाल चेम्वर अफ कमर्सका पूर्व अध्यक्ष उद्यमी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित पुस्तक लोकार्पण गदै प्रधानमन्त्री ओलीले नेपाली समाज भड्काउने खालका अभिब्यक्ति र प्रस्तुतीको मलजल गर्न संसद भित्रै कै केही राजनीतिक दलहरु सकृय रहेको आरोप लगाए ।

सामाजिक सञ्जालको भाषा र शैलीप्रति असन्तुष्टि पोख्दै प्रधानमन्त्री ओलीले नेपाली समाजमा जर्वजस्ति गलत प्रचारको प्रबृत्ति बिरुद्ध सामाजिक संञ्जाल बिद्येयक ल्याउन लागेको जिकिर गरे । तर विधयेकले बिचार र अभिब्यक्ति तथा वाक स्वतन्त्रता हनन नहुने उनको दाबी छ । 

विधयेकको बारेमा माओवादी पार्टी लगायतका केही राजनीतिक दलप्रति पनि प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । सामाजिक सञ्जालमार्फत् अहिले सामाजिक मूल्य मान्यता भत्काउने काम भइरहेको उनको तर्क  छ । 

सामाजिक सञ्जालहरुमार्फत् आफुमाथि भइरहेको प्रहारप्रति पनि उनले आक्रोश पोखे । बिदेशी र्बैकमा पैसा राखेको भन्ने भाष्य गलत रहेको दाबी गर्दै उनले आफूले भष्टाचार नगरेको र गर्न पनि नदिने बताए । इश्वरलाल प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा सहभागी भएका उद्यमी ब्यापारीहरुलाई लक्षित गदै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई डो¥याउन निजी क्षेत्र तयार नभएको संकेत बताए ।  

उद्यमी निजी क्षेत्रको लगानी विस्तार गर्न र चेम्वरको संस्थागत विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उद्यमी राजेशकाजी श्रेष्ठलाई प्रधानमन्त्री ओलीले सम्मान गरे । 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update