
मोरङ । प्राइम कमर्सियल बैंक लिमिटेड शाखा कार्यालय सोमबारेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङको रतुवामाई नगरपालिकाका ६ सरकारी विद्यालयहरुलाई ‘वाटर डिस्पेन्सर’ वितरण गरेको छ ।
कार्यक्रम अन्तर्गत महेन्द्र मा.बि. रतुवामाई –१०, हिमालय आधारभुत विद्यालय, रतुवामाई – १०, सरस्वती मा.वि. रतुवामाई – ८, पाथिभारा आधारभुत विद्यालय, रतुवामाई – ८, जनता मा.वि. रतुवामाई – ९ र रत्नडिक आधारभुत विद्यालय, रतुवामाई – ९ लाई गरि जम्मा ६ वटा ‘वाटर डिस्पेन्सर’ वितरण गरिएको प्राइम कमर्सियल बैंक लि. शाखा सोमवारेले जनाएको छ ।
कार्यक्रम प्राइम कमर्सियल बैंक लि. कोशी प्रदेश कलस्टर (१) का प्रमुख ऋषिराम भट्टराईको सभापतित्वमा सम्पन्न भएको हो भने कलस्टर (१) का रिलेशनसिप मेनेजर रूपकराज सुवेदीको अतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रम रसुवामाई नगरपालिका - १० का वडाध्यक्ष भुल बहादुर कार्की (आशिष) को प्रमुख आतिथ्यमा सम्पन्न भएको बैंकको सोमबारे शाखाका शाखा प्रबन्धक प्रकाश कुमार राजवंशीले जानकारी दिएका छन्।