News 24 Television
देउवाको भारत भ्रमण एकाएक रद्द !

काठमाडौँ । बिहीबार (आज) भारत भ्रमणमा जाने भनिएका काँग्रेस सभापति शेरबहादुर देउवाको भ्रमण एकाएक रद्द गरिएको छ । 

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलाको अवसरमा आयोजित ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटी’ कार्यक्रमका लागि देउवा भारत जाने तय भएको थियो । इण्डिया फाउण्डेसनको आयोजनामा हुने कार्यक्रममा देउवालाई वक्ताका रूपमा आमन्त्रण गरिएको थियो ।

तर अन्तिम समयमा आएर देउवाको भ्रमण रद्द भएको काँग्रेसले औपचारिक जानकारी दिएको छ । उक्त भ्रमणका क्रममा केही राजनीतिक भेटघाट समेत हुने ठानिएको थियो । भ्रमण रद्दको कारणबारे काँग्रेसले केही खुलाएको छैन । यद्यपि आन्तरिक राजनीतिक कारणले नै देउवाको भ्रमण स्थगित भएको अडकल गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update