News 24 Television
सडक बनेको १२ वर्ष, तर अझै छैन गाडी चलाउने स्थायी रुट 

काठमाडौं । विकट हिमाली जिल्ला मुगु राष्ट्रिय सडक सन्जालमा जोडिएको एक दशक भइसक्यो । तर यातायात कार्यालय जुम्लाले स्थाई रुट अनुमति नदिदा जुम्लाको गोठीज्यूलादेखी मुगुको सदरमुकाम गमगढीसम्म सन्चालन हुने साना तथा ठूला सवारी साधनहरु अस्थाई र पटके रुटमा जोखिम मोलेर गाडी चलाउन बाध्य छन । 

२०६९ साल पुस महिनाको १ गते तत्कालीन नेपाल सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले एक औपचारीक कार्याक्रम गरी नाक्म गमगढी सडक उद्घाटन गरेका थिए । सडक सन्चालनमा आएको १२ बर्ष वित्दा पनि यो सडकले स्थायी रुट अनुमति पाउन सकेको छैन । 

अस्थाई सडकमा सवारी साधन गुडाउनको लागी पहिले ७ दिनको अस्थाई पटके अनुमति हुन्थ्यो अहिले ५ दिनको पटके समय दिन्छ सुर्खेतले । सुर्खेतबाट मुगु पुग्न र मुगुबाट सुर्खेत पुग्न समय बढी लाग्छ । 

सरकारले मुगुको गमगढी बजारसम्म अस्थाई पटके सडकको अनुमति दिएको छ । सागुरो, सडक संकेत धेरै स्थानमा नभएको गोठीज्यूला गमगढी सडक खण्ड सन्चालनमा आएको यो १२ वर्षमा धेरै सबारी साधन दुर्घटनामा परेका छन् । 

अहिलेसम्म ४० भन्दा बढी मानिसको मृत्यू, १६ जना गम्भीर र ३६ जना सामान्य घाइते भएका छन् । यसबीचमा ४ सय भन्दा बढी सबारी साधनहरुलाई कारवाही गरको प्रहरीको तथ्याङ्कमा रेकर्ड छ । कतिपय सवारी साधनलाई रुट लिएर आउनुपर्छ भन्ने ज्ञान समेत नहुँदा पनि ट्राफिक समस्या हुने गरेको छ । 

मुगु जिल्लाका सोरु, खत्याड र मुगुम कामारोङ्ख गाँउपालिकामा रहेका सडकमा बिना अस्थाई रुट प्रमिटमा सबारी साधन गुडाउनपर्ने बाध्यता छ । 

यातायात कार्यालयमा जुम्लाको गोठीज्यूलादेखी मुगुको सदरमुकाम गमगढी बजारसम्म स्थाई रुट अनुमति र मुगुका ३ स्थानीय तहमा अस्थाई सडक अनुमतिको लागी धेरै पटक यातायात कार्यालय जुम्लालाई लिखित तथा मौखिक पत्राचार गरेपनि सुनुवाई नभएको छाँयानाथ यातायात प्रा.लीका सचिव सन्तोश शाहीको गुनासो छ । 

मुगुमा सडक सन्चालनमा आएको ७ बर्षपछि मात्रै अस्थाई सडकमा सवारी गुडाउने अनुमति दिइएको हो भने अहिलेसम्म त्यही अस्थायी रुटमा मात्रै सवारी चलिरहेका छन् ।  मुगु जिल्लामा मात्र साना जिप, बस, मालबाहक गरी ४० भन्दा बढी सबारी साधन दैनिक चल्ने गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update