वक्ताको रुपमा भारत जाँदै देउवा

काठमाडौँ । काङ्ग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार भारत भ्रमणमा जाने भएका छन् ।
भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाको अवसरमा देउवा भारततर्फ जान लागेका हुन् । उनलाई इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलिटी’ कार्यक्रममा वक्ताको रुपमा आमन्त्रण गरेको छ । शुक्रबार र शनिबार हुने सोही कार्यक्रमका लागि देउवा भारत जान लागेका हुन् ।
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहित विभिन्न देशका वक्ता समेत सहभागी हुने उक्त कार्यक्रममा नेपालबाट देउवालाई बोलाइएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१ १६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय