
काठमाडौं । काठमाडौंमा जारी ‘सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’ आईतवार सम्पन्न हुँदैछ । मेलाले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम् प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।
शुक्रवारदेखि जारी कृषि मेलाले कृषिमा प्रविधिको प्रयोगलाई बढावा दिने कृषि व्यवसायीको विश्वास छ । कृषि उपकरणको प्रचार प्रसारका लागि मेलामा स्वदेशी तथा विदेशी कृषि उपकरण कम्पनीहरुले स्टल राखेका छन् । मेलाले नेपालमा भएको कृषिसम्बन्धी सेवा र वस्तुलाई निर्यात गर्न मद्दत पु¥याउने र विदेशबाट गुणस्तरीय कृषि उपकरण आयात गर्ने उनीहरुको विश्वास छ ।
यता, युवाहरु विदेश पलायन हुँदा गाउँ कृषि प्रयोगका उपकरणहरुको प्रयोग बढेको उद्यमीहरुले बताइरहेका छन् । कृषिलाई आधुनिकिकरणतर्फ लैजानुपर्नेमा जोड दिदै चलिरहेको एक्सपोमा जर्मनी स्टिल कम्पनीका नेपाली वितरक कुमार शाक्यले रुख काट्ने मेसिनको माग बढ्दो भएपनि अन्य उपकरणहरु माग सोेचेजति नभएको गुनासो पोखेका छन् ।
एक्सपोमा कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई भैँसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेरिनरी, खाद्य प्रविधिबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । प्रदर्शनीमा प्रवेश कुनैपनि किसिमको शुल्क लिने गरिएको छैन् ।