News 24 Television
शिक्षा विधेयक बहसः इसिडी शिक्षकको बेवास्ता ? 

काठमाडौं । संसदमा विचाराधिन रहेको विद्यालय शिक्षा विधेयक जारी हिउँदे अधिवेशनबाट पारित गराउन शिक्षकहरुले दबाब दिँदै आएका छन् । खासगरी विधेयकमा  प्रारम्भिक बालविकास शिक्षक अर्थात इसिडी शिक्षकहरुलाई वेवास्ता गरेको भन्दै गुनासो ब्याप्त छ । झण्डै ४० हजार इसिडी शिक्षकहरुको दरवन्दी तथा सेवा सुविधा नभएको भन्दै शिक्षकहरुले सांसदहरुसँग आक्रोस पोखेका छन् । 

बिद्यालय तहका शिक्षकहरुले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा शिक्षाका नीति निर्माताहरुसँग आक्रोस पोखेका छन् । 

विद्यालय शिक्षा विधेयकमा इसिडी शिक्षाप्रति राज्य अनुदार बनेको उनीहरुको आरोप छ । एक कक्षामा प्रवेश गर्नुभन्दा अगाडि दिइने बाल शिक्षाका लागि मुलुकभर झण्डै ४० हजार शिक्षक छन् । तर उनीहरुले दरवन्दी र सेवा सुविधा नपाँउदा शिशु कक्षा प्रभावित भएका छन् । 

प्रारम्भिक तहमा कार्यरत शिक्षकहरु अप्ठ्यारो अवस्थामा काम गरिरहेको अवस्थालाई सरकारले वेवास्ता गरेको गुनासो शिक्षाकर्मीहरुको छ । 

वाल शिक्षामा काम गर्ने शिक्षक तथा शिक्षिकाहरुलाई किन बिभेद गरियो भन्दै शिक्षक तथा विज्ञहरुले गुनासो पोखेका छन् भने प्रारम्भिक शिक्षकलाई राज्यले न्यूनतम तलव सुविधा र दरवन्दीको ब्यवस्था गर्न उनीहरुले माग गरेका छन् । 

राज्यले गुणस्तरिय शिक्षा र ब्यवहारिक पक्षमा गम्भीर देखाउन नसक्दा शिक्षामा समस्याहरु आएको शिक्षाविद्को भनाई छ । 

संसदमा विचारधिन शिक्षा बिद्ययेकमा रहेका कमी कमजोरीलाई सुधार गरेर समयसापेक्ष शिक्षा नीति तथा कानून बनाउने तयारी भइरहेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति एवम् सदस्यहरुको बताउँछन् । 

हाल संसदमा बिचाराधिन अवस्थामा रहेको शिक्षा बिद्येयकमा अर्झै अस्पष्टता र अन्यौल रहेको अवस्था छ भन्दै बिज्ञ तथा शिक्षाकर्मीहरुले बिद्येयक हतारमा नल्याउन माग गरेका छन् । 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update