News 24 Television
मोबाइल बैंकिङबाट कुन कुन ठाउँमा भुक्तानी गर्न सकिन्छ ?

काठमाडौं । जुनसुकै समय र जहाँसुकैबाट पनि वित्तीय कारोबार गर्न मिल्ने भएपछि डिजिटल बैंकिङमा मानिसहरुको आकर्षण ह्वात्तै बढेको हो । बैंकहरुले पनि भौतिक पैसाको कारोबारमा भन्दा डिजिटल कारोबारमा जोड दिएका छन् । मोबाइलबाट क्यूआर स्क्यान गरेर पैसा भुक्तानी गर्न मिल्ने भएपछि बैकिङ कारोबार पनि निकै सहज बनेको छ । 

मोबाइल बैंकिङ सर्वाधिक प्रयोग हुने डिजिटल बैंकिङ एप हो । यो एपको प्रयोग गर्न सबैभन्दा पहिला बैंकमा खाता खोल्नुपर्छ । त्यसपछि मोबाइलमा बैंकको एप डाउनुलोड गर्नुपर्छ । 

जुन एपलाई तपाईको खातासँग कनेक्सन गरिएको हुन्छ । त्यसपछि तपाईंको खातामा पैसा छ भने बैंकको एपबाट सजिल कारोबार गर्न सकिन्छ । यसमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको सीमासम्मको रकम मात्र कारोबार गर्न सकिन्छ । 

मोबाइल बैंकिङका फाइदाहरू 

१. मोबाइलमा रिचार्ज – टपअप गर्न सकिन्छ 

२. बैंकका शाखाहरू, एटीएम, विनिमय दर र सम्पर्क नम्बरहरू थाहा पाउन सकिन्छ ।
 
३. इ–सेवा, खल्ती, नमस्ते पे, आइएमई पे, प्रभु पे लगयातका मोबाइल वालेटमा पैसा लोड गर्न सकिन्छ 

४. बैंक खाताको ब्यालेन्स थाहा पाउन सकिन्छ 
 
५. क्रेडिट कार्ड बिल भुक्तानी गर्न सकिन्छ 

६. एक बंैकको खाताबाट अर्को बैंकको खातामा रकम पठाउन सकिन्छ 

७. बिजुलीबत्ती, टेलिफोनको बिल इत्यादिको भुक्तानी गर्न सकिन्छ
  
८. खानेपानीको बिल, हवाइजहाजको टिकट, बीमा प्रिमियम भुक्तानी, स्कुल तथा कलेजको शुल्क, इन्टरनेटको बिल भुक्तानी गर्न सकिन्छ 

९. बजारमा सामान किनेपछि पैसा भुक्तानी गर्न सकिन्छ  

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङमार्फत प्रतिदिन तीन लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ । त्यो भन्दा धेरै कारोबार गर्नुपरेमा इन्टरनेट बैंकिङ सुविधा लिनुपर्छ । जहाँबाट एक दिनमा २० लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ । 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update