News 24 Television
आहा रारामा प्रहरी स्तब्ध, म्याराथन केन्याली धावक विजेता

काठमाडौं । आहा रारा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले जितेको छ । नेपाल पुलिसलाई पराजित गर्दै गोल्डकपको उपाधि ब्ल्याक बुल्सले उचालेको हो । 

२४ औं आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा ६ पटकको विजेता नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दैै ब्ल्याक बुल्सले पोखरा गोल्ड कपको उपाधि जितेको हो । 

खेलाडीको रणनीति परिवर्तन गरेकाले जित निकाल्न सफल भएको ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिज निशोन्बाएभ बताउँछन् ।

योसँगै उपाधि विजेता ब्ल्याक बुल्सले १२ लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने नेपाल पुलिसले ६ लाख एक हजार रुपैयाँमै चित्त बुझाउनु प¥यो । आहारारा पोखरा गोल्डकपको उपाधि जित्ने विदेशी टीम मध्ये ब्ल्याक बुल्स दोस्रो विजेता हो ।

यस्तै, पोखरामै अन्तराष्ट्रिय म्याराथनको १९ औं सँस्करणको उपाधि केन्याली धावक विल्सन चेरुईयोटले जितेका छन् । उनले ४२.२९५ किलोमिटरको दुरी २ घण्टा १७ मिनेट २१ सेकेण्डमा पूरा गर्दै पाँच लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे । 

२ सेकेन्डले पछि परेका केन्या कै धावक दोस्रो स्थानमा केन्याली धावक जुलियस मुरियुकीले २ घण्टा १७ मिनेट २३ सेकेण्डमा दौड पूरा गरे ।

जुलियसले नगद ३ लाख रुपैयाँ प्राप्त गरे । तेस्रो स्थानमा पनि केन्या कै ओनेसमस गिटायु आए । उनले उक्त दुरी २ घण्टा १८ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै नगद २ लाख रुपैयाँ प्राप्त गरे । पालका किरणसिंह बोगटीलेले २ घण्टा ३८ मिनेट १७ सकेण्ड पूरा गर्दै सान्त्वना पुरस्कार प्राप्त गरे । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update