News 24 Television
विषादी नियन्त्रित तरकारी फलाइरहेको फ्रेस-केटिएम, आउटलेट विस्तार गर्दै

रौतहट । नेपालमा स्वस्थकर र सुरक्षित तरकारी तथा अन्न उत्पादनको नयाँ पहिचान बनाउँदै आएको फ्रेस-केटिएम फार्मिङले विषादी नियन्त्रित तरकारी र फलफूल खेती गरिरहेको छ । रौतहटस्थित १०० बिघा क्षेत्रफलमा फैलिएको फार्ममा विषादी नियन्त्रित तरकारी, फलफूल, धान, मकै, गहुँ, तोरी र दाललगायत उत्पादन गर्दै आएको छ ।

उक्त फार्ममा उत्पादित तरकारी, फलफूल र अन्य खाद्यान्नहरू फ्रेसकेटिएमले  आफ्नै काठमाडौँको रातोपुल, ललितपुरकाे झम्सिखेल र भैंसेपाटीमा रहेको फ्रेसकेटिएम आउटलेटहरूमा दैनिक रूपमा उपलब्ध गराउँदै आएको छ ।

एकीकृत कृषि मोडेल : पोषण र कीट नियन्त्रणमा नयाँ दृष्टिकोण

फ्रेस-केटिए फार्मिङले एकीकृत पोषण व्यवस्थापन र एकीकृत कीट व्यवस्थापन अपनाएर सुरक्षित खेती प्रणाली विकसित गरेको फ्रेस-केटिएका डाइरेक्टर शिव न्यौपानेले बताए । न्यौपानेका अनुसार अहिले फार्ममा २५ भन्दा बढी प्रकारका तरकारीहरू साथै गहुँ, तोरी र दाल उत्पादन गरिन्छ । जसले उपभोक्ताहरूलाई स्वस्थकर खानामा पहुँच पुर्‍याउन मद्दत गरेको छ । 

स्वस्थ उत्पादनका लागि आफ्नै कम्पोस्ट, भर्मी कम्पोस्ट र जैविक सूक्ष्मजीवहरू उत्पादन गरी सामान्यतया खर्चिलो मानिने यो खेती पद्दतीलाई कसरी कम लागतमा गर्न सकिन्छ भन्ने अनुसन्धान पनि फार्ममा सुरू गरेको न्यौपानेको भनाई छ । 'जिरो वेस्टको इको सिस्टम बनाउँदै आएको फ्रेसकेटिएम फार्ममा एक सयभन्दा बढी रोजगार पाएका छन्', न्यौपानेले भने, 'जसमा फार्ममा आवश्यक पर्ने खाद्यान्नलगायत पनि फार्मभित्र नै तयार गर्ने गरेका छौँ ।'

52052ba2-3762-44d7-b897-9d795d4c64a9-1739534164.jpg
 

कृषिमा लागतको समस्या प्रमुख रूपमा रहँदै आएकोमा फ्रेस-केटिएम फार्ममा रहेका २५० भन्दा बढी भैंसीहरूको गोबर तथा जैविक स्रोतहरूको उपयोग गरेर आफैँले कम्पोस्ट, भर्मी कम्पोस्ट र सूक्ष्मजीवहरू उत्पादन गरिरहेको छ । यसले माटोको उर्वराशक्ति बढाउने मात्र होइन, रसायनको अत्यधिक प्रयोगलाई हटाएर स्वस्थ उत्पादनलाई सुनिश्चित गर्छ । जसले लागत घटाउन पनि ठूलो योगदान गरेको छ ।

उत्पादनहरू सबै आफ्नै आउटलेटहरूमा 

फ्रेस-केटिएम फार्मिङले उत्पादन गरेका भाण्टा, गाजर, बोडी, खुर्सानी, टमाटर, काउली, बन्दा, करेला, तोरीको साग, काँक्रो, गहुँ, तोरीको तेल र विभिन्न प्रकारका दालहरू फ्रेसकेटिएमका रातोपुल, झम्सिखेल र भैंसेपाटीस्थित आउटलेटहरूमा दैनिक रूपमा उपलब्ध हुने न्यौपानेले बताए ।

14fda9c7-7839-44e1-8705-2b13508a4fde-1739534190.jpg
आउटलेट विस्तार गर्दै

विषादी नियन्त्रित उत्पादनको वृद्धि र उपभोक्ताको मागलाई सम्बोधन गर्दै फ्रेस-केटिएमले अब काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा आफ्ना आउटलेटहरू विस्तार गर्दैछ । नयाँ स्थानहरूमा फ्रेस-केटिएम आउटलेट खोल्ने तयारी अन्तिम चरणमा पुगेको न्यौपानेले जानकारी दिए । जसले उपभोक्ताहरूलाई विषादी नियन्त्रित, स्वस्थकर र उचित मूल्यमा ताजा उत्पादन उपलब्ध गराउने जनाएको छ । 

विषादी नियन्त्रित तरकारी खेती 

रासायनिक मलको प्रयोग न्युन, जैविक मलको प्रयोग तथा वनस्पति विषादीको प्रयोग र अति आवश्यक अवस्थामा रासायनिक विषादीको प्रयोग गरेको तरकारीलाई तुरून्तै नटिपि मापदण्ड अनुसार टिप्ने गरेको न्यौपानेले बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update