News 24 Television
रूससँगको शान्ति सम्झौतामा युक्रेनलाई नेटोको सदस्यता दिँदैनौँ : अमेरिका

एजेन्सी । अमेरिकी रक्षा सचिव पिट हेगसेथले युक्रेन–रूस द्वन्द्व अन्त्य गर्न वार्ता गरिएको समाधानको रूपमा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा युक्रेनको प्रवेशलाई अस्वीकार गरेका छन् ।

बेल्जियमको ब्रसेल्सस्थित नेटो मुख्यालयमा युक्रेन रक्षा सम्पर्क समूहको बैठकमा उद्घाटन भाषण दिँदै हेगसेथले युक्रेनको लागि सुरक्षा ग्यारेन्टी नेटो सदस्यतामार्फत प्रदान गरिनु हुँदैन भन्ने वाशिंगटनको अडान रहेको बताए । सचिवले युक्रेन र रूस बीचको सिमानालाई २०१४ मा रूसले क्रिमिया कब्जा गर्नुअघिको अवस्थामा फर्काउनुलाई अवास्तविक उद्देश्य भएको बताए । 

टेलिभिजन होस्टबाट रक्षा सचिव बनेका हेगसेथले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कीभ र मस्कोबीच शान्तिको लागि पूर्ण प्रयास गरिरहेको बेला यो टिप्पणी गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update