प्यालेस्टिनीको रक्षासहित गाजा पुननिर्माण योजना ल्याउँदै इजिप्ट

एजेन्सी । इजिप्टले प्यालेस्टिनीहरूलाई आफ्नो भूमिमा रहन सुनिश्चित गर्न डिजाइन गरिएको गाजा पुनर्निर्माण योजना प्रश्तुत गर्ने योजना बनाएको छ ।
इजिप्टको विदेश मन्त्रालयले योजना प्यालेस्टिनी जनताको वैध र कानूनी अधिकारको सम्मान र समर्थन गर्ने तरिकाले तयार गरिने बताएको छ ।
मन्त्रालयकाअनुसार कुनैपनि प्रश्तावित समाधानले क्षेत्र भित्रको शान्ति प्रक्रियालाई विचार गर्नुपर्ने र चलिरहेको द्वन्द्वको मूल कारणहरू समाधान गर्न खोज्नुपर्ने छ ।
यसका लागि प्यालेस्टिनी क्षेत्रहरूमा इजरायली कब्जाको अन्त्य र दुई–राज्य समाधानको कार्यान्वयन आवश्यक रहेको बताएको छ । जुन क्षेत्रका सबै मानिसहरू बीच स्थिरता र शान्तिपूर्ण सहअस्तित्व प्राप्त गर्ने एकमात्र मार्ग हो ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ १३:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय