News 24 Television
आहा रारा गोल्ड कप सेमिफाइनलः पुलिससँग चर्च व्वाइज पराजित 

कास्की । चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब पाँच वर्षपछि आहा–रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइजलाई १–० गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लव उपाधि नजिक पुगेको छ । यो जितसँगै पुलिस क्लब २०७६ साल पछि पोखरा गोल्ड कपको फाइनलमा पुगेको हो । 

चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब पाँच वर्षपछि आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गर्दै आहा राराको इतिहासमा पुलिस क्लव सर्वाधिक फाइनल खेल्ने टोली बनेको छ । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५८ औं मिनेटमा पुलिसका सञ्जिव लामाले निर्णायक गोल गरे । तर खेलको ६९ औँ मिनेटमा चर्च ब्वाइजले बराबरीको सुन्दर मौका भने गुमाएयो । चर्च ब्वाइजका नविन लामाको प्रहार पुलिसका डिफेन्डरले क्लियर गरेको बललाई कप्तान सर्जि डिकाको शसक्त प्रहारलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरे ।

त्यसपछि आक्रमणमा बलियो मुभ बनाए पनि फिनिसिङमा चुक्दा चर्च ब्वाइजले हार बेहोर्नु पर्यो । पहिलो हाफमा खेलाडीको तालमेल नमिलेको र विपक्षीको अपत्यारिलो गोल खाँदा हार बेहोर्नु परेको चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठको प्रतिक्रिया छ ।

पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेसँगै पुलिस क्लबले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा बिहीबार थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्नेछन् । 

बुधबारको खेलमा दुवै टीम बलियो भएपनि फिनिशिङमा कमजोर देखिन्थे । डिफेन्स भन्दा पनि अट्याकिङ नै खेलिएको र विपक्षको राम्रो प्रदर्शन हुँदाहुँदै खेलाडीले उत्कृष्ट खेलेकाले जित हात पार्न सफल भएको नेपाल पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरे बताउँछन् ।

अहिलेसम्म आहा रारा पोखरा गोल्ड कपमा नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले सर्वाधिक समान ६ पटक, थ्री स्टार क्लबले ५ पटक र संकटा क्लब दुई पटक च्याम्पियन भइसकेको छ । आयोजक सहारा क्लब, अफ्रिकन युनाइटेड, एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब समान १ पटक च्याम्पियन बनिसकेका छन् । २४औं संस्करणको यो प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त प्राप्त गर्नेछन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update