पिकनिक गएको बस दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ । पिकनिक गएको स्कुल बस दुर्घटना हुँदा ३ जना विद्यार्थीको मृत्यु भएको छ । बुधबार पिकनिकबाट फर्किने क्रममा शंखरापुर नगरपालिका– ५ मा उक्त स्कुल बस दुर्घटना भएको थियो ।
दुर्घटनामा परी तीन दर्जनभन्दा बढी विद्यार्थी घाइते भएको बताइएको छ । दुर्घटनालगत्तै उद्धार कार्य गरेर घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारमा पठाइएको छ । तीन जनाको उपचारकै क्रममा मृत्यु भएको हो ।
बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस दुर्घटनामा परेको हो । उक्त बसमा चाबहिलस्थित सत्य साई एकेडेमीका विद्यार्थी सवार थिए । नगरकोट पिकनिक गएर फर्किने क्रममा बस पल्टिएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १९:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय