
काठमाडाैँ । केडिया अर्गनाइजेशनले ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीको एम्पेयर इलेक्ट्रिक स्कुटर नेपालमा भित्र्याएको छ । पछिल्लो एक वर्षदेखि एम्पेयर स्कुटर नेपाली बजारमा छन् । १०९ वर्ष पुरानो यो समूह निर्माण सामग्री, सिसा उत्पादन, वित्तीय संस्था, व्यापार, र उत्पादन उद्योगमा व्यापक रूपमा संलग्न छ। यसका प्रमुख ब्रान्डहरूमा बृज सिमेन्ट, बृज एडिटिभ्स, श्री स्टिल्स, र बृज हिमालयन स्प्रिङ वाटर रहेका छन्।
केडिया इन्टरनेशनल प्रा. लि., केडिया अर्गनाइजेशनको भगिनी संस्था, नेपालका लागि एम्पेयर इलेक्ट्रिक स्कुटरको एक मात्र आधिकारिक वितरक हो । एम्पेयर भारतको अग्रणी विद्युतीय सवारी ब्रान्ड हो । हालसम्म भारतमा ३ लाखभन्दा बढी ग्राहकहरूले एम्पेयर स्कुटरको प्रयोग गरिसकेका छन्, जसले यसलाई भारतका शीर्ष ५ इलेक्ट्रिक स्कुटर ब्रान्डमध्ये एक बनाएका छन् ।
यसैको अवसरमा, एम्पेयर- नेपालले भ्यालेन्टाइन डे विशेष अफर ल्याएको छ। यो अफरमा, जोडीहरूले आफ्नो संयुक्त उमेरको बराबरको छुट पाउनेछन्, जसको अधिकतम सीमा रु. १,५०,०००/-सम्म रहेको छ। यो अफर विशेष रूपमा AMPERE PRIMUS मोडलमा लागू हुनेछ र ग्राहकहरूले अफरको फाइदा लिनका लागि आधिकारिक AMPERE शोरुममा उपस्थित हुनुपर्नेछ। साथै, ग्राहकहरूले वैध नागरिकता प्रमाणपत्र र सवारी चालकको लाइसेन्स प्रस्तुत गर्नु अनिवार्य हुनेछ।
AMPERE स्कुटरको लिथियम फेरो फस्फेट ब्याट्री प्रविधि र मिड-माउन्ट मोटर उच्च कार्यक्षमताका साथ सुरक्षित र टिकाउ सेवा प्रदान गर्छ। यसका स्कुटरहरू प्रति चार्ज ८०-१०० किलोमिटरको दूरी तय गर्न सक्षम छन् र ३ वर्ष वा ३०,००० किलोमिटरको वारेन्टी पनि उपलब्ध छ। एम्पेयर स्कुटरको शुरुवाती मूल्य रु. २,५०,०००/-देखि सुरु हुन्छ।
एम्पेयर स्कुटर नेपालका प्रमुख शहरहरूमा उपलब्ध छन्, जसमा टेकु (9802353219), भक्तपुर (9841654378), इटहरी/बिर्तामोड (9820757549), पोखरा (9806642440), र भैरहवा (9802670431) समावेश छन् । AMPERE ले तीन प्रकारका मोडेलहरू उपलब्ध गराएको छ— Magnus, Primus, र Nexus । जसले विभिन्न ग्राहकहरूको आवश्यकता अनुसार सेवा पुर्याउँछन्, चाहे ती विद्यार्थी, कार्यालय कर्मचारी, गृहिणी वा विशेष आवश्यकताका व्यक्तिहरू हुन्।
एम्पेयर नेपालका अनुसार, यस अफरको मुख्य उद्देश्य विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री यातायात प्रणालीलाई समर्थन गर्नु हो। यो सीमित समयको अफरको फाइदा लिन इच्छुक ग्राहकहरूले निकटतम एम्पेयर शोरुममा सम्पर्क गर्न सक्ने जनाइएकाे छ ।