News 24 Television
आहा रारा गोल्डकपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । पोखरा रंगशालामा जारी २४ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीद्वारा सिक्किमको थन्डरबोल्टस् नर्थ युनाइटेड पराजित भएसँगै सेमिफाइनलको समिकरण पूरा भएको हो । मंगलबार भएको खेलमा नर्थ युनाइटेडलाई ३–० ले पराजित गर्दै ब्ल्याक बुल्स एफसी सेमिफाइनलमा प्रवेश गरेको हो । 

सेमिफाइनलको पहिलो खेलमा बुधबार नेपाल पुलिस क्लव र चर्च ब्वाइज युनाइटेड भिड्दैछन् भने ब्ल्याक बुल्स र थ्री स्टारबीचको खेल फागुन १ गते विहीबार हुनेछ । थ्रीस्टारले मछिन्द्र एफसीलाई टाइब्रेकरमा ४–२ ले पराजित गरी सेमिफाइनल प्रवेश गरेको हो । 

पुलिसले क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । यस्तै, चर्च ब्वाइज युनाइटेडले क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update