
काठमाडौँ । सरकारले माघ २२ गतेदेखि ल्याएको पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान फागुन ५ गतेसम्म सञ्चालनमा हुँदैछ । तर खोपलाई लिएर पछिल्लो समय विभिन्न खालका टिकाटिप्पणी भइरहेका छन् । यो खोपले बाँझोपना गराउँछ भन्ने जस्ता विषयले चर्चामा ल्याइएको छ । सरकारले सञ्चालनमा ल्याएको एचपीभी खोप कति सुरक्षित छ ? एचपीभी खोपले बाँझोपना नै गराउँछ त ?
नेपालमा दैनिक ६ जना महिला पाठेघरको मुखको क्यान्सरबाट संक्रमित हुने गरेका छन् । ती मध्ये दैनिक ४ जना महिलाले ज्यान गुमाउने गरेका छन् । यो तथ्यांक पाठेघरको मुखको क्यान्सरको डरलाग्दो तथ्यांक हो । त्यसैले यो समस्यालाई न्यून गर्ने उद्देश्यले नै सरकारले किशोरीहरुलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिरहेको छ ।
सरकारले सञ्चालनमा ल्याएको ह्यूमन प्यापिलोमाभाइरस (एचपीभी) खोप एकदम सुरक्षित र प्रभावकारी भएको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतिवेदनहरुले समेत प्रष्ट पारेको छ । तर सरकारले निःशुल्क सञ्चालनमा ल्याएको एचपीपभी खोपले महिलाहरुमा बाँझोपना गराउँने तथा यसले नकारात्मक प्रभाव पार्छ भन्ने जस्ता टिप्पणीहरु सामाजिक सञ्जालहरुमा फैलिरहेका छन् । जसका कारण कतिपय ठाउँमा किशोरीहरुले खोप लगाउन नमान्ने गरेको महिला स्वयमसेवीकाहरुको अनुभव छ ।
नेपाल सरकारले निःशुल्क रुपमा प्रदान गरिरहेको एचपीभी खोप नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको भने होइन् । सन् २००६ बाट चारवटा देशहरुमा यो खोप सुरु गरिएको थियो ।
एचपीभी खोप प्रयोगमा ल्याउनेमा नेपालसहित १ सय ५६ वटा मुलुकहरु रहेका छन् । अमेरिका, क्यानेडा जस्ता युरोपियन मुलकहरुले समेत यो खोप प्रयोगमा ल्याइसकेका छन् । विकशीत मुलकहरुले प्रयोगमा ल्याइसकेको एचपीभी खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट मान्यता प्राप्त खोप हो ।
पाठेघरको मुखको क्यान्सरका लागि प्रभावकारी मानिएको यो खोप विकशीत मुलकहरुले सुरु गरेर मात्रै हाम्रो जस्ता विकाशील मुलुकमा आइपुगेको हो । एचपीभी खोप सुरक्षित र प्रभावकारी भएको डब्लु एचओका साथै यूनीसेफ, अमेरिका नेश्नल मेडिसिन अफ लाइब्रेरी जस्ता निकायले प्रष्ट पारेका छन् । साथै एचपीभी खोप र बाँझोपनाको कुनै पनि सम्बन्ध नभएको अर्थात एचपीभी खोप बाँझोपनाको कारक नभएको नेश्नल मेडिसिन अफ लाइब्रेरी गरेको अध्ययनले पनि प्रष्ट पारेको छ ।
नेपालमा पनि एचपीभी खोप नेपालको खोप ऐन अनुसार औषधि व्यवस्था विभागबाट मान्यता पाएर सञ्चालनमा ल्याएको हो ।
क्यान्सर जितेर नयाँ जिवन पाएकी नायिका मनिषा कोराइला रोग लाग्नु भन्दा रोगबाट जोगिनु महत्वपूर्ण भएको बताउँछिन् । जसका लािग एचपीभी खोप नै एक प्रभावकारी माध्यम भएको उनको बुझाई छ । त्यसैले खोपप्रति कुनै सन्देह नराखी खोप लगाउन उनले किशोरीहरुलाई अपिल गरेकी छन् ।
एचपीभी खोप पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान अन्तर्गत ९ लाख भन्दा बढि किशोरीहरुले उक्त खोप लगाइसकेका छन् । नेपालमा ‘एचपीभी–१६’ र ‘एचभीपी–१८ प्रजातीको भाइरका कारण पाठेघरको मुखको क्यान्सर बढि हुने गरेको छ । जसका लािग हाल सञ्चालमा आएको खोपले एचपीभी–१६’ र ‘एचभीपी–१८’ प्रजातिको भाइरसबाट हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउँने काम गर्दछ । त्यसैले आमनागरिक यस्ता विषयप्रति आफै सचेत र जाकरुक हुन आवश्यक छ ।