![महाधिवेशनले कांग्रेसमा तरङ्ग : गुट र फुटमा अध्यादेशको नजर](https://www.news24nepal.com/uploads/posts/Congress_Mahadhibesan-1739259433.jpg)
काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन कहिले होला ? आम चासोको विषय बनेको छ । आगामी निर्वाचन अघि वा पछि भन्ने बहस चर्किएको बेला कांग्रेसभित्रको आन्तरिक मतभेदहरु पनि देखिन थालेका छन् ।
नेपाली कांग्रेसको आगामी महाधिवेशन कहिले ? यो सर्वाधिक चासोको विषय बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दुई कार्यकाल सभापतिको नेतृत्व लिइसकेपछि अब उनी अर्को कार्यकालका लागि निर्वाचित हुने प्रावधान नै छैन् । यस्तो स्थितिमा नेतृत्वको दौडसँगै नेताहरुले विभक्त अभिव्यक्ति दिन थालेका छन् । भने महाधिवेशन समयमै हुनुपर्ने भन्दै विभिन्न आवाज उठ्न थालेका छन् ।
गगन ०८४ को निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन हुने ठोकुवा गर्छन् । संविधान र कांग्रेसको विधानले नै ०८४ को निर्वाचपछि महाधिवेशन गर्ने समयसीमा नदिने भन्दै यसमा सबैको सहयोग भने आवश्यक पर्ने भनिरहेका छन् ।
गगनले जस्तै अन्य नेताहरुले पनि पार्टी महाधिवेशनको विषयमा सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् । उनीहरुले सभापति देउवाले समयमै महाधिवेशन गराउदैनन भन्ने आशंका व्यक्त गर्ने गरेका छन भने देउवा पक्षका नेताहरुले भने यसबारे खास प्रतिक्रिया दिने गरेका छैनन् ।
गुटको विषय
नेपाली कांग्रेसमा विभिन्न समूह सक्रिय रहेको कुरा लुकेको छैन् । नेताहरुले नै कांग्रेसभित्र विभिन्न समूह र गुटहरु रहेकोमा खुलेरै भन्ने गर्छन् । तर, पछिल्लो समय डा. शेखर कोइरालाको गुटमा ठूलो बदलाव आएको चर्चा चल्ने गरेको छ । यस्तोमा कोइरालालाई महामन्त्री गगन थापाले छाडेका छन रे नी भन्ने प्रश्नमा भने उनको जवाफ यस्तो देखिन्छ ।
कोइरालाले गगन आफूसँगै रहेको समेत भन्ने गरेका छन् । तर, गगन भने आफू १४ औं महाधिवेशनमा निर्वाचित भएको गुटको केन्द्र आफै भएको दाबी गरिरहेका छन् । शेखरलाई प्रमुख मान्न गगनले स्वीकार गर्ने स्थिति प्रष्ट देखिन्छ ।
शेखर गुर भत्किएको चर्चा चलिरहेको बेला संस्थापन पक्षका भनिएका नेताहरु कयौंले शेखरलाई नै केन्द्र मानेर गतिविधि गर्न थालेको देखिन्छ । केहि नेताहरु त शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व गर्न नसक्ने र असफल भइसकेको आरोप समेत लगाइरहेका छन् ।
गिरिजाप्रसाद कोइराला पुत्री सुजाताले अब शेखरले नै कांग्रेसको नेतृत्व गर्ने जिकिर गरिरहेकी छन् । गुटहरु अब महाधिवेशनको सम्मुखमा थप प्रखर बन्नेमा कुनै शंका छैन् ।
अध्यादेशमै गलफत्ति
कांग्रेस एमालेको गठबन्धन सरकारले ल्याएको अध्यादेशको विषयमा समेत नेताहरुले छताछुल्ल विवाद गर्न थालेका छन् । कांग्रेस नेताहरुले अध्यादेशलाई साथ दिने विषयदेखि गलत भएको भन्न थालेका छन् । यसले पनि नेताहरु गुटगत रुपले अघि बढ्न खोजेको देखिन्छ । शेरबहादुर देउवा पक्षका नेताहरु अध्यादेशलाई संवैधानिक भनिरहेका छन भने शेखर कोइराला पक्षका नेताहरु अध्यादेशको विरोध गरिरहेका छन् । भने कांग्रेसमा अहिले नेताहरुले गुटको संकेत देखाउने गरि भाषण गर्न थालेका छन् ।
नेताहरुले यस्तो जिकिर गर्दै गर्दा अध्यादेशमा समेत शेखरमाथिका व्यङ्ग्य कस्न थालिएको छ । पार्टीको संसदीय दलमा चुइक्क नबोल्नेहरुले बाहिर अध्यादेशको विरोध गरेको आरोप गगन थापाले लगाएका छन् ।
शेखर भने फरक धारमा आफ्ना अभिव्यक्ति राख्न थालेका छन् । एमालेले गरेका गलत कामलाई कांग्रेसले बाहिर ल्याउने विषयमा देउवाले इन्कार गरेको आरोप शेखरको छ । भने अध्यादेश पनि गलत रहेको भन्दै उनले विरोध गरिरहका छन् ।
गगनले यो आरोप शेखर कोइरालालाई लगाएका हुन् । नेतृत्वका प्रमुख दाबेदारजस्ता देखिएका शेखर गगनबीचको दूरीसँगै अन्य नेताहरुको मौनताले समेत कांग्रेसको राजनीति थप रोचक मोडमा पुग्ने देखिन्छ । उसोतः यस्तो स्थितिले कांग्रेसको महाधिवेशन केन्द्रित गुटहरुको प्रभाव विस्तारै देखिन थालेको छ । महाधिवेशनको समयसम्म यस्ता गतिविधिहरु बढ्नेमा समेत कुनै शंका छैन् ।