News 24 Television
दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

काठमाडौं । सञ्चारकर्मी दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन भएको छ । शनिवार काठमाडौंमा एक समारोहबीच कथा संग्रहको विमोचन गरिएको हो । इन्डिगो इन्कले प्रकाशनमा ल्याएको कथा संग्रहको विमोचन कार्यक्रममा डा. गीता त्रिपाठी, डा. महेन्द्र विष्ट, फूलमान बल लगायतका वक्ताहरुले आफ्नो धारणा गरेका व्यक्त गरे । 

कार्यक्रममा बोल्दै समिरले कथा लेख्न गाह्रो नभएपनि केही कुराहरुम केही कमजोरी भएको छ की भन्ने महशुस भएको बताए । यो आफ्नो पहिलो कृति भएको बताए । उनले यसमा कुनै विवाद हुन्छ की भन्ने महशुस गरेपनि कथा पढिसकेपछि त्यसले शिर्षकको महत्व बुझिने बताए । 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update