![सत्यन्द्र–नेहाले मच्चाए तहल्का ! सत्ताका किङ्मेकर नै खतरामा !](https://www.news24nepal.com/uploads/posts/Sankatma-Grihamantri-&-IGP-1738982777.jpg)
काठमाडौं । अन्तरजातीय विवाहमा सरकारले हस्तक्षेप गरेको भन्दै विरोधका आवाज चर्किएका छन् । सडकदेखि संसदसम्मै राज्यले दलित र गैरदलितबीचको विवाहलाई कानूनको हवाला दिदै दुःख दिन खोजेको भन्दै विरोध चर्किन थालेको हो ।
अन्तरजातिय विवाह गरेका सत्यन्द्रकुमार राम (चमार) र नेहा रौनियार अहिले चर्चाको पात्र हुन् । उनीहरुले गरेको विवाहमा राज्यले धरकपड गरेको भन्दै विरोधका स्वरहरु घन्किन थालेका छन् भने प्रतिनिधिसभामा समेत गृहमन्त्री रमेश लेखक र प्रहरीका आइजीपी वसन्तबहादुर कुँवरमाथि छानविनको माग उठेको छ ।
संसदमा छानविनको माग उठ्दै गर्दा सडकमा समेत विरोध चर्किन थालेको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै दलित अधिकारकर्मीहरुले कांग्रेस केन्द्रिय कार्यालय नै घेरा हालेका छन् । विभिन्न नामका प्ले कार्ड बोकेर उनीहरुले दलितमाथिको विभेद अन्त्य गर्नुपर्ने माग गरेका छन् ।
उसोतः दलित अधिकारकर्मीहरुले देशका विभिन्न क्षेत्रमा विरोध समेत गरिरहेको देखिन्छ । उनीहरुले केहि स्थानमा राँके जुलुस समेत निकालेका छन् भने यो विरोध थप चर्किने स्थितिमा पुगेको छ । राज्य पक्षले उनीहरुलाई अनावश्यक धरपकड गरेको भन्दै विरोध चर्किएको छ भने प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले समेत संसदमा यसको विरोध गरेका छन् ।
संसददेखि सार्वजनिक रुपमै प्रश्न उठेपछि गृहमन्त्री लेखकले आफ्नो बचाउ भने गरेका छन् । जातिय छुवाछुतविरुद्ध आफू कहिल्यै नउभिने लेखकको भनाई थियो ।
उसोतः यो विषयमा प्रतिपक्षी दलका नेता र सांसदहरुमात्रै सत्ता पक्षका नेताहरुले समेत चर्को आलोचना गरेका छन् । तर, अधिकांश दलित सांसदहरुले यो विषयमा चर्को आलोचना गरेपनि गैरदलित समूदायका सांसदहरुले भने खास बोलिरहेको देखिन्न । सत्यन्द्र र नेहालाई प्रहरीले मुम्बईसम्म पुगेर पक्राउ गर्नेदेखि झुठा मुद्दा लगाएर फसाउने नियतका साथ काम गरेको र त्यो गृहमन्त्री लेखकको निर्देशनमा आइजीपी कुँवरले समन्वय गरेको आरोप लागेको छ । तर, यसमा प्रहरी र सरकारले प्रतिवाद नै गरेपनि विरोध भने चर्किएको छ ।
सत्ताका किङमेकर नै फसादमा
कांग्रेस एमाले सत्ता समिकरण निर्माणको समयमा प्रमुख भूमिका खेल्ने पात्र हुन्, रमेश लेखक । एमालेका नेताहरुसँग समन्वय गरेर सत्ता समिकरण निर्माणमा मुख्य भूमिका खेलेका लेखकमाथि जातिय विभेदमा सक्रिय भूमिका खेलेको आरोप लागेपछि यो विषय चर्किने देखिन्छ ।
केपी ओलीलाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गर्ने लेखकमाथि लागेको आरोपकाबीच के उनले पदबाट राजीनामा गर्दै छानविनका लागि आह्वान गर्लान ? प्रश्नहरु थप पेचिला बनेका छन् ।
जातिय छुवाछुत र विभेद सामाजिक अपराध समेत भएकाले यस्तो विषयमा आरोपित बनेका लेखकमाथि राजीनामाको दबाब बढिरहेको छ भने छानविनको माग समेत चर्किएको छ ।
जब्बर कांग्रेस के गर्ला ?
कांग्रेसले केपी ओली नेतृत्वको सरकारमा पठाएका केहि मन्त्रीमाथि गम्भीर आरोपसहित छानविनको माग भने उठिरहेको छ । तर, कांग्रेसले यस्ता आरोपलाई सामान्य रुपमा लिने गरेको छ भने विवादीत मन्त्रीलाई फिर्ता बोलाउने सम्म गर्न सकेको देखिन्न ।
ऊर्जामन्त्री दीपक खड्का, ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङदेखि विभिन्न मन्त्रीमाथिका प्रश्नहरु लामो समयदेखि उठिरहेका छन् । तर, यी मन्त्रीमाथि कांग्रेसले कुनै कदम चाल्न चाहेको देखिन्न भने प्रधानमन्त्री केपी ओलीले समेत आफ्नो क्याबिनेटमा विवादीत मन्त्रीबारे केहि बोल्ने गरेका छैनन् । यस्तोमा लेखकमाथिको अर्को गम्भीर आरोपले कस्तो स्थिति निर्माण होला भन्ने चासो थपिएको छ ।