![रवि लामिछानेमाथिको रवैयाको मूल्य सरकारले चुकाउनुपर्नेछ : अर्याल](https://www.news24nepal.com/uploads/posts/1738917986-xcANq-1738919532.jpg)
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले पार्टीका सभापतिमाथि सरकारको रवैयालाई संसदले पनि समर्थन गरेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले प्रतिशोध साँधेर लामिछानेमाथि रवैया देखाएको आरोप लगाए । चौथो ठूलो दलको सभापतिमाथि यो हदसममको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी समेत उनले दिए ।
अर्यालले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसदले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो की भन्ने महशुस भएको छ । एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसममको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ । झुटो मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन् । सरकारको यस्तो रवैयालाई सार्वभौम संसदले समर्थन नगरोस् । प्रतिनिध सभाको नियमावली २०७९ को नियम १४८ को उपनियम ३ को सही प्रयोग होस् भन्ने चाहन्छु । थुनामा नरहेको अवस्थामा सांसद पद निलम्वन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्वन तत्काल फुकुवा गर्न मान्य सभामुख महोदयसँग् माग गर्दछु ।’
सांसद अर्यालले थुनामा नरहेको अवस्थामा सांसद पद निलम्वन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्वन तत्काल फुकुवा गर्न माग पनि गरे ।