मुगु । जलवायु परिवर्तनको प्रभावले नेपाललाई प्रत्यक्ष प्रभाव पार्नेक्रम बढ्न थालेको छ । अहिले माघको तेस्रो साता भइसक्यो तर पनि न त हिमाली क्षेत्रमा प¥याप्त हिमपात भएको छ, न त तराई क्षेत्रमा पुग्ने वर्षा ।
अन्य क्षेत्रमा जस्तै यस वर्ष हिमपात नहुँदा मुगुका किसानहरु समेत नराम्रोसँग प्रभावित भएका छन् । जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव नेपालमा बढ्न थालेको छ । मौसम अनुसार न त वर्षा हुन्छ, न हिमपात । अनि तापमान पनि विगतमा जस्तो समयानुकुल छैन । माघ महिनाको अन्तिमसम्म पनि अहिले तराइ क्षेत्रमा प¥याप्त वर्षा भएको छैन भने हिमाली जिल्लाहरु हिमपात विना प्रभावित छन् ।
जलवायु परिवर्तनको यो असरबाट अन्य क्षेत्रमा जस्तै हिमाली जिल्ला मुगुका किसानहरु समेत प्रभावित भइरहेका छन् । हिमपात नहुँदा मुगु सहित हिमाली जिल्लाका कृषकहरुले लगाएको हिउदे अन्न बाली सुक्न थालेको छ ।
जौ,गहुँ,उवा ,तरकारी स्याउका बिरुवा ओसिलो नहुँदा कतिपय त रोपेपछि उम्रेनन् भने उम्रेको विरुवा पनि सुकेर मर्न थालेका छन् । बिगतका बर्षहरुमा पुुस,माघ महिनामा घेरै हिउँ पर्ने खेत बारीमा अोसीले,हुर्ने हुदा हिउर्दे अन्न बालि निकै राम्रो उत्पादन हुन्थ्यो । तर, यसवर्ष सुक्खा बढेर अन्न बाली सहित ,बनजङ्खल समेत सुक्नेक्रममा छन् ।
खेतमा सिचाई गर्ने कुलो नहर नहुँदा यहाँका किसान थप मारमा छन् । खेतियोग्य जमिन सबै आकासे पानिको भरमा छ । मुगुको १७ सय ८५ हेक्टर जमिनमा खेती लगाइन्छ । जसमध्ये ७० प्रतिशत भन्दा बढी खेती आकाशे पानी र हिउँको भरमा गरिन्छ । अहिले हिमपात नहुँदा पानीका मुहान सुक्नेदेखि अन्नउत्पादन नहुँदा किसानको जीवनचक्र नै प्रभावित बन्ने देखिएको छ ।
हुनत, सरकारले कृषकका लागि साना सिंचाईका कार्यक्रम सञ्चालन गरेको छ । त्यसबाट केही किसान लाभान्वित भएपछि अधिंकाश क्षेत्रमा सिंचाईको व्यवस्था छैन । यस्तो अवस्थामा उत्पादनको अवस्था निकै कमजोर हुने पक्का छ । त्यसैले सरकारले आवश्यक कदम तत्काल चाल्नु पर्ने देखिन्छ ।