News 24 Television
अध्यादेश अस्वीकार गर्नेहरूको सामुहिक प्रस्ताव पेश हुने, हरेकलाई तीन-तीन मिनेटको समय

काठमाडाैँ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा अध्यादेश अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जनाले सामुहिक रुपमा प्रश्ताव पेश गर्ने कार्यसूची तय भएको छ ।

अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जना प्रश्तावक बनेर अध्यादेशको अस्वीकारको प्रश्ताव गर्ने र प्रश्तावकलाई ५ मिनेटको समय तय गरिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताए । सभामुखसँगको छलफलपछि बुधवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बैठकमा अन्य समर्थकहरुलाई बोल्नका लागि तीन/तीन मिनेटको समय छुट्याइएको बताए ।  

उनले भने, ‘भोलिको संसदको बैठकमा पेश गर्ने कार्यसूचिका बारेमा छलफल भयो । सर्वसम्मतिले ति विषयह तय भएको छ । अध्यादेश प्रश्तुत गर्नेकुरा, अध्यादेश अस्वीकार गर्ने सांसदहरुको सामुहिक रुपमा परेको प्रश्तावमा एक जनाले प्रश्तुत गर्ने, ५ मिनेट उहाँले बोल्ने र तीन/तीन मिनेट मान्यज्युहरुले राख्ने, भोटिङ सामुहिक रुपमा जुनजुन प्रश्तुतकर्ता सांसदज्युहरु हुनुहुन्छ, सामुहिक भोटिङ हुन्छ ।’

संसदको बैठमा सम्बन्धित मन्त्रीहरुले विधेयकको सम्बन्धमा जवाफ दिने पनि बताए । उनले प्रतिपक्ष दलको नेताले सम्बोधन गर्नुका साथै विशेष समय पनि राखिएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update