News 24 Television
ग्रामीण भेगका लागि झनै महत्वपूर्ण डिजिटल बैंकिङ 

काठमाडौँ । हिजोआज भुक्तानीका लागि डिजिटल बैंकिङ अत्यावश्यक सेवा बनेको छ । नेपालमा करिब १५ वर्ष अघिदेखि सुरु भएको डिजिटल कारोबारको सुविधा अहिले सबै बैंक तथा वित्तीय संस्थाहरुले दिँदै आएका छन् । जसले वित्तीय कारोबारलाई छिटो, सजिलो र सस्तो बनाएको छ । 

वित्तीय सेवा प्रदान गर्नका लागि डिजिटल प्रविधिको प्रयोग डिजिटल बैंकिङ हो । यसमा ग्राहकहरूले बैंकको कुनैपनि शाखामा नगई मोबाइल फोन, इन्टरनेट, वा अन्य डिजिटल प्लेटफर्महरूको माध्यमबाट बैंकिङ सेवा प्राप्त गर्न सक्छन् । यसले पारम्परिक बैंकिङ प्रणालीको तुलनामा सजिलो, छिटो र सस्तो सेवा उपलब्ध गराउँछ । जसले गर्दा मानिसहरुको जीवनशैलीलाई सरल बनाएको छ । 

नेपालमा डिजिटल बैंकिङको विकास सन् २०१०को आसपासबाट सुरु भएको हो । अहिले यसको विकास तिव्र गतिमा भइरहेको छ । मोबाइल बैंकिङ, ई–वालेट्स, अनलाइन ट्रान्जेक्सनहरू र डिजिटल पेमेंट गेटवेजहरूको प्रयोग बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङको वृद्धिमा सहयोग पर्याउने नीतिहरू ल्याएको छ । डिजिटल कारोबारका लागि ‘नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम’ (नेप्स) र मोबाइल बैंकिङ, ‘इंटरनेट बैंकिङ’ जस्ता प्रणालीहरू विकास भएका छन् ।

नेपालमा इन्टरनेट र स्मार्टफोनको प्रयोगमा वृद्धि र ग्रामीण क्षेत्रसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले डिजिटल बैंकिङको सम्भावना अत्याधिक छ । विशेषगरी, ग्रामीण क्षेत्रमा रहेका मानिसहरूले बैंक शाखासम्म जान असहज हुने भएकाले डिजिटल बैंकिङले उनीहरूको वित्तीय समावेशीकरणमा ठूलो भूमिका खेल्न सक्छ । 

त्यसका साथै, नेपालमा डिजिटल बैंकिङको विकासका लागि इन्टरनेट कनेक्टिभिटी, साइबर सुरक्षा र डिजिटल साक्षरता जस्ता चुनौतीहरू पनि छन् । यिनै विषयले डिजिटल बैंकिङको विस्तारमा अवरोध उत्पन्न भएको देखिन्छ । यसलाई सुधार गर्न सरकार, केन्द्रीय बैंक र सेवा प्रवाह गर्ने बैंकहरूबीच समन्वय हुनुपर्छ । डिजिटल बैंकिङको सशक्तीकरणले नेपालमा वित्तीय प्रणालीलाई अझ सुदृढ बनाउने र आर्थिक समृद्धिमा योगदान पु¥याउने सम्भावना भने प्रवल छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update