News 24 Television
ट्रम्पको निर्णयले नेपालमा धक्का : रोकिने परियोजना र बजेटको नालीबेली

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक स्वतन्त्र संघीय एजेन्सीका रुपमा कायम युएसएआईडीको हैसियत खोस्ने तयारी गरिरहेका छन् । युएसएआईडीलाई उक्त हैसियत खोसेर ट्रम्पले विदेश विभागमा गाभ्न चाहेका छन् । यस्तो अवस्थामा यसले नेपाललाई समेत धेरै क्षेत्रमा प्रभावित पार्ने देखिएको छ । युएसएआईडीमार्फतको अनुदान रोके नेपालका कुन–कुन परियोजनामा कहाँ–कहाँ अनि कति प्रभाव पर्नेछ त रु 

विश्व शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको नेतृत्व दोस्रो पटक सम्हालेदेखि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नीतिहरुमा उलटफेर गरिरहेका छन् । विभिन्न संघसंस्थाहरुबाट वितरण भइरहेका अनुदानलाई उनले भट्टाभट् रोक्ने गरि आदेशमाथि आदेश थोपरी रहेका छन् । ट्रम्पको पछिल्लो कदम युएसएआईडी बन्द गर्नेमा परेको छ । यस्तो अवस्थामा ट्रम्पका खास पात्र अमेरिकी खर्बपति इलोन मस्कले पनि युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट ९आपराधिक संगठनको संज्ञा दिएका छन् । मस्कको यो भनाईले पनि ट्रम्पको अबको कदमबारे प्रष्ट्याएको छ । 

२० जनवरीमा अमेरिकी राष्ट्रपतिका रूपमा शपथ लिएको केही समयपछि डोनाल्ड ट्रम्पले ९० दिनका लागि सबै विदेशी सहायतामा रोक लगाएका थिए । एक कार्यकारी आदेश जारी गरेर उनले रोक लगाउँदा विश्वभर दिइने अनुदान पनि ठप्प भएको थियो । ट्रम्पले युएसआइडीका शीर्ष अधिकारीहरु एजेन्सीका निर्देशक जोन वूर्हीज र उपनिर्देशक ब्रायन म्याकगिललगायतलाई निलम्बन नै गरेका छन् । यस्तै, युएसआइडीको वेबसाइट पनि बन्द गरिएको छ । यस्तो स्थितिका कारण अब यो एजेन्सीको अस्थित्व के हुन्छ भन्ने धेरैमा चासो र डर पैदा भएको छ । ट्रम्पको यस्तो विचार हो भने त्यो अवैध कदम हुने भनि विश्वजगतमै आलोचना पनि भइरहेका छन् । 

ट्रम्पको निर्णयले नेपालमा धक्का

ट्रम्पको यस किसिमका आदेश अनि एक्सनले नेपालका समेत दर्जनौं क्षेत्र प्रभावित बन्ने देखिन्छ । यसअघि ट्रम्पको कार्यकारी आदेशसँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीअन्तर्गत चलिरहेका २१ कार्यक्रम रोकिएका छन् । नेपालमा यूएसएआईडीको लागत १७ करोड ८१ लाख ४० हजार अमेरिकी डलर अर्थात् करिब २४ अर्ब ४ करोड ८९ लाख रुपैयाँ बराबर छ । काठमाडौंस्थित युएसएआईडी कार्यालयले नेपालका साझेदार संस्थाहरूलाई यसअघि पत्र पठाएर अबको तीन महिना तलबभत्ताबाहेक अरु कार्यक्रम कार्यान्वयन नगर्न भनिसकेको छ ।

अब ट्रम्पले युएसएआईडीलाई नै समाप्त गर्नेतिर अघि बढिरहँदा नेपाल मात्रै झन्डै पौने तीन खर्बका परियोजना संकटमा पर्ने देखिएको छ । नेपालमा युएसएआईडीमार्फत् सञ्चालित ७० परियोजना २ खर्ब ६६ अर्ब रुपैयाँ लागत बराबरका छन् । नेपालमा सरकारद्वारा सञ्चालित र गैरसरकारी संस्थाहरूमार्फत् सञ्चालित यी परियोजना सन् २०११ देखि हालसम्म चलिरहेका छन् । 

कुन क्षेत्रमा कति परियोजना प्रभावित हुन सक्छन् ?
    स्वास्थ्य क्षेत्रमा १२
    कृषि र वन क्षेत्रमा १०
    परिवार तथा शिशु कल्याण क्षेत्रमा ७ 
    शिक्षा र आर्थिक मामिला क्षेत्रमा ६÷६ 
    जम्मा ६७ वटा परियोजना÷कार्यक्रमहरू अफ बजेट अर्थात् सरकारको बजेट प्रणालीमा नसमेटी एनजीओ÷आईएनजीओ र सरकारी एजेन्सीमार्फत् चलिरहेका

अब रोकिने परियोजनाहरु

–    जलवायु सहनशीलता नगरपालिका सेवाहरू र अमेरिका–नेपाल जैविक युएसएआईडी कृषि उच्च शिक्षा
–    युएसएआईडी जैविक विविधता
–    युएसएआईडी नागरिक समाज र मिडिया 
–    युएसएआईडी शिक्षा, समानता र समावेशीकरण
–    युएसएआईडी खाद्य सुरक्षा अनुगमन
–    युएसएआईडी स्थानीयकरण सहयोग
–    युएसएआईडी विश्वव्यापी स्वास्थ्य सुरक्षा गतिविधि
–    युएसएआईडी विकासको लागि सिकाइ
–    फिड द फ्युचर नेपाल यूएसएआइडी पोल्ट्री साझेदारी
–    फिड द फ्युचर यूएसएआइडी नेपाली चिया साझेदारी
–    युएसएआईडी हाम्रो सम्मान दोस्रो
–    युएसएआईडी स्थानीय कार्य सहयोग
–    युएसएआईडी दाल सवलीकरण
–    विविधता संरक्षण साझेदारी
–    युएसएआईडी कृषि परियोजना
–    युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन ९दिगो वित्त०
–    युएसएआईडी व्यापार र प्रतिस्पर्धा ९उद्यम नेपाल०
–    युएसएआईडी एकीकृत पोषण
–    युएसएआईडी नेपाल इन्जिनियरिङ सेवाहरू
–    युएसएआईडी स्वच्छ हावा कार्यक्रम
–    युएसएआईडी प्रारम्भिक कक्षामा सिकाई

अल्पविकसित र विकासशिल राष्ट्रको स्तरोन्नत्ति र मानव जीवनको समग्र विकासका लागि सञ्चालन गर्दै आएका यि र यस्ता परियोजनाहरु रोकिँदा यसले मानव समाजमा नराम्रोसँग प्रभावित पार्नसक्ने विश्लेषण भइरहेको छ । यद्दपी, ट्रम्पको यो कदमले आफ्नो देशको विकास स्वयंम गर्नका लागि अवसर प्रदान समेत प्राप्त भएको हुँदा अनुदानको भर नपरी उत्पादनमा जोड दिने नीति र कदमतर्फ सरकारले ध्यान दिन जरुरी छ । विस्वका झन्डै १०० देशमा यूएसएआईडीले काम गर्दै आएको छ । यीमध्ये पनि अफ्रिका, एशिया, ल्याटिन अमेरिका र मध्ये पूर्वमा यसले आफ्नो सहयोगलाई केन्द्रित गर्दै आएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update